ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस–युक्रेन युद्ध रोकिने आशा बढ्याे – अमेरिकी राष्ट्रपति ट्रम्प


एबीसी न्यूज
७ फाल्गुन २०८१, बुधबार   ४ : ३३   बजे

काठमाडौं ७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न युक्रेन असफल भएकै कारण अमेरिका अघि सर्नुपरेको बताउनुभएको छ ।

साउदी अरबमा भएको रुस–अमेरिका वार्तामा आफूलाई नबोलाएको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आपत्ति जनाएपछि त्यसको जवाफमा ट्रम्पले युद्धका तीन वर्ष र युद्ध शुरू हुनुअघि समेत युक्रेनलाई अवसर भए पनि त्यसको उपयोग गर्न नसकेको बताउनुभयो ।

रुस–युक्रेन युद्ध अर्थहीन रहेको भन्दै ट्रम्पले रुसले यो युद्ध अन्त्य गर्न चाहेको उल्लेख गर्नुभयो । साउदी अरबमा हिजो भएको वार्ताबाट आफू निकै आशावादी भएको उहाँको भनाइ छ ।

साउदी अरबमा चार घण्टाभन्दा बढी समय चलेको वार्तापछि अमेरिका र रुस चार वटा मुख्य सिद्धान्तमा सहमत भएका छन् । जसमा युक्रेनमा द्वन्द्वको अन्त्यका लागि काम गर्ने र सबै पक्षलाई स्वीकार्य हुने गरी उच्चस्तरीय वार्ता टोली गठन गर्ने रहेको छ । यस्तै आणविक शक्ति र संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यहरूका रूपमा शान्ति र सुरक्षाका मुद्दाहरूमा रुस र अमेरिकाको विशेष जिम्मेवारीको बारेमा सचेत रहँदै दुवै देश अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्न पनि सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu