ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डोनेसियाको लोम्बोक नजिकै डुंगामा आगलागी, ११२ जनाको उद्धार


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   २ : ३५   बजे

 

काठमाडौं । इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तअन्तर्गत लोम्बोक टापु नजिकै समुद्रमा बुधबार ‘पुत्री यास्मिन’ नामक डुंगामा आगलागी हुँदा ११२ जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमले जनाएअनुसार नजिकै रहेको अर्को डुंगाले ३६ जनालाई उद्धार गरी बाली फर्काएको थियो। त्यस्तै, खोज तथा उद्धार एजेन्सीको जहाजले ५९ जनाको उद्धार गरेको थियो।

नौसेनाको जहाजले थप १७ जनालाई समुद्रबाट उद्धार गरेको अधिकारीहरूले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार डुंगामा ११४ जना यात्रु र १७ जना चालक दलका सदस्य गरी कुल १३१ जना सवार थिए। हालसम्म यात्रु तथा चालक दलका सदस्यको मृत्यु वा घाइते भएको सम्बन्धमा कुनै विवरण पुष्टि भएको छैन।

बालीबाट लोम्बोकतर्फ जाँदै गरेको डुंगामा अचानक आगलागी भएको बताइएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान तथा खोजी–उद्धार कार्य जारी रहेको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरामा विविध कार्यक्रमसहित २७ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

प्रधानमन्त्री बालेन्द्र शाहलाई कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिको निमन्त्रणा

सम्बन्धित

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

जापानको इबाराकीमा चक्रवात ‘चान–होम’ प्रवेश, बाढीको जोखिम बढ्यो

इरानी खतरापछि ट्रम्पले गोप्य रूपमा विमान बदले

अमेरिकी सिनेटमा ‘तिब्बतको भविष्य सुनिश्चित गर्ने’ विधेयक पेश

इरानी नाकाबन्दी तोड्न खोजेको आरोपमा अमेरिकी सेनाद्वारा मालवाहक जहाजमाथि क्षेप्यास्त्र प्रहार

इरानतर्फ गइरहेको जहाजलाई अमेरिकाले रोकेको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu