ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बालेन्द्र शाहलाई कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिको निमन्त्रणा


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ३ : ३५   बजे

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निमन्त्रणा पठाएका छन्।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबाट निमन्त्रणा प्राप्त भएको जानकारी दिएका हुन्।

समितिको बैठकमा बोल्दै सहसचिव ढकालले भने, “कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ। टर्कीका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो।”

उनका अनुसार उक्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको छ। यद्यपि सम्मेलनमा नेपालको सहभागिता कुन तहबाट हुने भन्नेबारे भने अहिलेसम्म टुंगो लागिसकेको छैन।

“त्यो निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका छौँ। कुन लेभलबाट सहभागिता हुने भन्ने विषय हामीलाई जानकारी हुन बाँकी नै छ, हामी त्यसको प्रतीक्षामा छौँ,” उनले भने।

नोभेम्बरमा टर्कीमा हुँदैछ कोप–३१

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ।

नेपालले सम्मेलनमा जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकका रूपमा आफ्ना प्राथमिकता र सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा उठाउने तयारी गरेको छ।

जलवायु न्याय र पर्वतीय मुद्दा प्राथमिकतामा

नेपाल सरकारले कोप–३१ मा जलवायु न्याय, जलवायु परिवर्तनबाट भएको हानि–नोक्सानीको क्षतिपूर्ति तथा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

विशेषगरी जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा परेको असर, बढ्दो जोखिम र त्यसबाट प्रभावित समुदायलाई आवश्यक सहयोग तथा क्षतिपूर्तिको विषयमा नेपालले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेको हो।

जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको प्रभाव भने हिमाली क्षेत्रमा गम्भीर रूपमा परिरहेको भन्दै नेपालले विकसित तथा बढी उत्सर्जन गर्ने मुलुकहरूबाट जलवायु वित्त, प्रविधि तथा क्षतिपूर्तिमा थप सहयोगको माग गर्दै आएको छ।

कोप–३१ मा प्रधानमन्त्री शाह सहभागी हुने वा अन्य तहको प्रतिनिधिमण्डल पठाउने भन्ने विषय भने सरकारले पछि टुंगो लगाउनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu