ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुटिन र ट्रम्पले संसार हल्लाएका ती ७ दिन


एबीसी न्यूज
७ फाल्गुन २०८१, बुधबार   ४ : ५८   बजे

काठमाडौं ७ फागुन । १९१७ को रुसी क्रान्ति आफ्नै आँखाले देखेका अमेरिकी पत्रकार जोन रिडले त्यसको विवरण लेखे र प्रसिद्ध शीर्षक दिए– संसार हल्लाउने ती दस दिन।

तर, डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनका लागि दस दिन पनि ज्यादा लामो भयो। उनीहरूले सात दिनमै दुनियाँ हल्लाएका छन्।

यसको सुरुवात १२ फेब्रुअरीमा पुटिन र ट्रम्पबीचको टेलिफोन वार्ताबाट भयो। उनीहरूले सम्बन्ध स्थापित गर्ने वाचा गरे।

त्यसपछि साउदी अरबमा रुस र अमेरिकाबीच वार्ता भयो। रुसले युक्रेनमा आक्रमण गरेयता यी दुई देशबीच भएको पहिलो उच्चस्तरीय प्रत्यक्ष वार्ता थियो यो।

यसबीचको एक साता यस्तो अवधि थियो, जसले परम्परागत गठबन्धनहरूलाई उल्ट्याइदिएको छ, युरोप र युक्रेनलाई हतप्रभ तुल्याइदिएको छ, युरोपको सुरक्षाका विषयमा त्रास बढाइदिएको छ र विश्व राजनीतिको शीर्षमा उक्लिने रुसको चाहना पूरा गरिदिएको छ। र, त्यसका लागि रुसले कुनै सहुलियत पनि दिनु परेको छैन।

रियादमा वार्तामा बसेका रुसी र अमेरिकी अधिकारीहरूको तस्बिर बुधबार बिहानका रुसी पत्रिकाहरूमा छाएको देखिन्छ।

क्रेमलिन रुसी जनता र अन्तर्राष्ट्रिय समुदायलाई देखाउन चाहन्छ– युक्रेन युद्धका विषयमा रुसलाई एक्ल्याउने पश्चिमा प्रयास असफल भएको छ।

रुसी सञ्चारमाध्यमहरूले वासिङ्टनसँग मधुर सम्बन्धको सम्भावनालाई स्वागत गरेका छन् भने युरोपेली नेता र किभको निन्दा गरेका छन्।

‘रुसलाई सहुलियत दिनुपर्छ भन्ने कुरा ट्रम्पलाई थाहा छ। किनकि उनी युक्रेन युद्धमा जित्दै गरेको पक्षसँग वार्ता गर्दैछन्,’ सरकारलाई समर्थन गर्ने मोस्कोव्स्की कोम्सोमोलेट्स ट्याबलोइडले लेखेको छ, ‘उनले सहुलियत दिने छन्। तर, अमेरिकाको मूल्यमा होइन, युरोप र युक्रेनको मूल्यमा। यत्तिका लामो समय युरोप घमण्डमा डुबिरह्यो, आफूलाई सभ्य संसार र इडेन गार्डेन मान्दै। तर, उसले आफ्नै सुरुवाल फुस्केको देखेन। अहिले आएर आन्ध्र महासागरपारिको आफ्नै पुरानो मित्रले त्यो कुरा युरोपलाई देखाइदिएको छ।’

तर, मस्कोको सडकमा मैले त्यसस्तरको उल्लास भने देखिनँ। बरु डोनाल्ड ट्रम्प साँच्चै रुसको मित्र बन्छन् कि बन्दैनन् अनि उनले युक्रेन युद्ध अन्त्य गर्न सक्छन् कि सक्दैनन् भनेर हेर्न मानिसहरू पर्खिरहेका छन्।

‘ट्रम्प व्यापारी हुन्। उनको रुचि पैसामा मात्र छ,’ नादेज्दा नामक महिला भन्छिन्, ‘तर, धेरै फरक पर्छजस्तो मलाई लाग्दैन। स्थिति बदल्न गर्नुपर्ने काम धेरै छन्।’

‘सायद साउदी अरबको वार्ताले सहयोग गर्ला। दुस्मनी अन्त्य गर्ने समय यही हो,’ गिओर्गी भन्छन्।

‘ट्रम्प सक्रिय छन्, उर्जाशील छन्। तर, उनले सबथोक गर्लान् ररु’ इरिना प्रश्न गर्छिन्, ‘वार्ताले शान्ति ल्याओस् भन्ने हाम्रो चाहना छ। खाद्यान्न र अरु चिजको मूल्य बढिरहेको छ। त्यसको कारण युक्रेन युद्ध र अन्तर्राष्ट्रिय स्थिति हो।’

पुटिन र ट्रम्पले फोनमा कुरा गरे। दुई देशको कूटनीतिक टोलीबीच साउदी अरबमा वार्ता पनि भयो। अब चाँडै राष्ट्रपतीय बैठक हुने अपेक्षा छ।

ट्रम्प र पुटिनबीचको फोनवार्तापछि उनीहरूले के कुरा गरे होला भन्ने परिकल्पना मोस्कोव्स्की कोम्सोमोलेट्स पत्रिकाले केही दिनअघि गरेको थियो। जुन यसप्रकार छः

‘ट्रम्प पुटिनलाई फोन गर्छन्। ‘भ्लादिमिर१ तपाईंको देश राम्रो छ, मेरो देश पनि राम्रो छ। के हामीले बाँकी संसार बाँड्ने हो तरु’

‘यतिञ्जेल म के भनिरा’छु तरु ल बाँडौँ१’

ट्रम्प र पुटिनबीच यस्तै कुरा भयो होला तरु त्यो त बिस्तारै थाहा हुने छ। ९बीबीसीबाट०

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group