ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको आरोप–जेलेन्स्की तानाशाह हुन्


एबीसी न्यूज
८ फाल्गुन २०८१, बिहिबार   ८ : ००   बजे

काठमाडौं, ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भएको आरोप लगाएका छन् ।
जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी गरेपछि ट्रम्पले जेलेन्स्कीबारे कडा टिप्पणी गरेका हुन् ।
उनले सोसल मिडिया ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनावविना राष्ट्रपति बनेको तानाशाहको संज्ञा दिएका हुन् ।
जेलेन्सीको राष्ट्रपतिको कार्यकाल सन् २०२४ को मे महिनामा समाप्त हुने थियो । तर सन् २०२२ को फेब्रुअरीदेखि रुससँग युद्ध सुरु भएपछि त्यहाँ चुनाव हुन सकेको छैन ।
ट्रम्पले यसअघि जेलेन्स्कीको लोकप्रियता जम्मा चार प्रतिशत रहेको समेत बताएका थिए । तर बीबीसीको फ्याक्टचेकमा अझै पनि ५७ प्रतिशत युक्रेनी जनता जेलेन्स्कीको पक्षमा रहेको पाइएको थियो ।
ट्रम्पले जेलेन्स्की केन्द्रित लामो स्टाटस ट्रुथ सोसलमा पोष्ट गरेका छन् । उनले जेलेन्स्कीलाई ‘कमेडियन’ भनेर पनि आलोचना गरेका छन् ।
ट्रम्पले भनेका छन्, ‘मैले युक्रेनलाई माया गर्छु तर जेलेन्स्कीले धेरै नराम्रो गरेका छन् । उनको देश खत्तम भइसकेको छ । लाखौं व्यक्ति अनाहकमा मारिइरहेका छन् ।’
अघिल्ला राष्ट्रपति जो बाइडेन नेतृत्वको अमेरिकी सरकारले युक्रेनलाई साढे तीन सय अर्ब डलर दिएको तर अमेरिकाले केही पनि नपाएको टिप्पणी ट्रम्पले गरेका छन् । ‘एकपटक सोच्नुस् त । एक औसत रुपमा सफल कमेडियन भ्लोदोमिर जेलेन्स्कीले अमेरिकाबाट साढे तीन सय अर्ब डलर मागे । ताकि उनी युद्धमा हाम फाल्न सकुन् तर जित्न सक्दैनथे ।’
‘यस्तो युद्ध सुरु हुनुहुँदैनथ्यो । यस्तो युद्ध जो अमेरिकाले ट्रम्पबिना अन्त्य गर्नै सक्दैनथ्यो । अमेरिकाले यो लडाइँमा युरोपभन्दा २०० अर्ब डलर भन्दा बढी खर्च गरेको छ । युरोपलाई त्यो खर्चवाफतको रकम फिर्ता मिल्ने छ । तर अमेरिकाले केही पनि पाउने छैन ।’
ट्रम्पले अमेरिकाले दिएको रकममध्ये आधा रकम जेलेन्स्कीले गायब पारेको आरोप पनि लगाएका छन् । यो प्रसंगमा ट्रम्पले अघिल्ला राष्ट्रपति जो बाइडनको पनि आलोचना गरेका छन् ।
उनले भनेका छन्, ‘स्लिपी जो बाइडेनले यो मामलामा बराबरीको माग किन गरेनन् रु जबकी यो लडाइँ हामीलाई भन्दा धेरै महत्वपूर्ण युरोपलाई छ । यसमा चाखलाग्दो कुरा त के छ भने हामीले दिएको मध्ये आधा रकम गायब भएको जेलेन्स्कीले स्वीकार गरेका छन् । उनले देशमा चुनाव गराउन पनि अस्वीकार गरेका छन् ।’
ट्रम्पले भनेका छन्, ‘युक्रेनमा जेलेन्स्कीको लोकप्रियता साह्रै घटिसकेको छ । केबल एक कुरामा उनी माहिर छन्, त्यो हो– उनले बाइडेनलाई आफ्नो इशारामा नचाए ।’
ट्रम्पले भनेका छन्, ‘मैले युक्रेनलाई माया गर्छु तर जेलेन्स्कीले धेरै नराम्रो गरेका छन् । उनको देश खत्तम भइसकेको छ । लाखौं व्यक्ति अनाहकमा मारिइरहेका छन् ।’
ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्ने कोसिस गरिरहेको पनि बताएका छन् । यस्तो गर्न आफूले मात्र सक्ने उनले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम ७० प्रतिशत सम्पन्न

कांग्रेस सुस्ता सभापति जैसवालसहित ३ सयभन्दा बढी रास्वपामा प्रवेश

सम्बन्धित

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

जापानको इबाराकीमा चक्रवात ‘चान–होम’ प्रवेश, बाढीको जोखिम बढ्यो

इन्डोनेसियाको लोम्बोक नजिकै डुंगामा आगलागी, ११२ जनाको उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu