ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनका राष्ट्रपति जेलेन्स्की ‘तानाशाह’ रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी


एबीसी न्यूज
८ फाल्गुन २०८१, बिहिबार   १० : २१   बजे

काठमाडौं ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ‘तानाशाह’ रहेको टिप्पणी गर्नुभएको छ । जेलेन्स्कीले ‘तानाशाह’ प्रमाणित हुने गरी उपद्रो मच्चाएको टिप्पणीसहित ट्रम्पले जेलन्स्कीले चुनाव गर्न इन्कार गरेको आरोपसमेत लगाउनुभएको बीबीसीले जनाएको छ ।

सन् २०२२ फेब्रुअरीमा रुसी आक्रमणपछि युक्रेनमा ‘मार्शल ल’ अर्थात् सैन्य शासन लागू भएको छ । जसको अर्थ चुनाव निलम्बित हुनु हो । यसअघि जेलेन्स्कीले साउदी अरबमा सम्पन्न अमेरिका–रुस वार्ता लगत्तै ट्रम्पलाई रुसको गलत सूचनाबाट घेराबन्दीमा परेको आरोप लगाउनुभएको थियो ।

अमेरिका–रुसबीचको वार्तामा युक्रेनलाई सामेल गराइएको थिएन । युरोपेली देशहरूले पनि युक्रेनको सहभागिताविनाको वार्तालाई मान्यता नदिने बताएका छन् । फ्रान्स, बेलायत, जर्मनी, पोल्याण्ड, इटाली, स्पेन र डेनमार्कलगायतका युरोपेली देशहरू युक्रेनको पक्षमा एकजुट भएका छन् ।

युक्रेनविना वा युरोपको संलग्नताबिना कुनै पनि सम्झौता हुन नसक्ने उनीहरूको भनाइ छ । तर साउदी अरबमा अमेरिका र रुसबीचको बैठकपछि ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने शक्ति आफूसँग रहेको समेत बताउनुभएको थियो ।

दुई देशका विदेशमन्त्रीको नेतृत्वमा भएको वार्तामा रुस र अमेरिकाबीच युक्रेन युद्ध अन्त्यका गर्ने सहमति भएको थियो । त्यसका लागि उच्चस्तरीय वार्ता गर्ने निर्णय समेत भएको रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group