ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय प्रक्रियामा अघि बढ्यो नेपाल प्रहरी विधेयक


एबीसी न्यूज
११ फाल्गुन २०८१, आइतबार   १२ : २७   बजे

काठमाडौं ११ फागुन । प्रतिनिधि सभाले नेपाल प्रहरीसम्बन्धी विधेयक अगाडि बढाउँदैछ । आज आइतबार० दिउँसो १ बजे बस्ने बैठकबाट यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी छ ।

गृहमन्त्री रमेश लेखकले गत माघ १५ गते यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका थिए । यो विधेयकमाथि सांसदहरूले ५१ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । सांसदहरूको संशोधन प्रस्तावसहित दफावार छलफलका लागि प्रतिनिधि सभामा सम्बन्धित संसदीय समितिमा पठाउन लागेको हो । यो विधेयक दफावार छलफलकालागि प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा जानेछ ।

यसका अलावा आज प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जय नेपाल पार्टी साउन २९ गते निर्वाचन आयोगमा दर्ता हुने

ओखलढुङ्गाको पलापु गाउँको सडक जीर्ण, स्थानीयलाई आवतजावतमा सास्ती

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu