ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अमेरिकालाई फाइदा हुनेगरी’ खनिज सम्झौता गर्न जेलेन्स्की तयार, शुक्रबार हस्ताक्षर हुने


एबीसी न्यूज
१४ फाल्गुन २०८१, बुधबार   ४ : ४७   बजे

काठमाडौं १४ फागुन । युक्रेनले अमेरिकालाई दुर्लभ खनिज दिने सम्बन्धमा सहमति भएको छ। डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सो सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन्।

युक्रेनले कति मूल्यको खनिज अमेरिकालाई हस्तान्तरण गर्ने हो भन्ने खुलेको छैन। यद्यपि, ट्रम्पले पहिले ५ सय अर्ब डलरको खनिज चाहिने माग गरेका थिए। त्यसबाट पनि अमेरिका पछि हटेको बताइएको छ।

तर, यो सम्झौताका सर्तहरूले अमेरिकालाई ज्यादा फाइदा हुने बताइएको छ। अमेरिकाले युक्रेनलाई बलियो सुरक्षा ग्यारेन्टी पनि नदिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

सुरुमा जेलेन्स्कीले अमेरिकी माग अस्वीकार गरेका थिए। तर, ट्रम्पसँग गलफत्तीपछि उनी सम्झौताका लागि तयार भएका हुन्। ट्रम्पलाई खुसी पार्न जेलेन्स्की सम्झौताका लागि राजी भएको र यसले अमेरिका तथा युक्रेनबीच सहकार्यको ढोका खोल्ने विश्लेषण गरिएको छ।

ट्रम्पले यो सहमतिले युक्रेनलाई ‘लडाइँ जारी राख्ने अधिकार दिएको’ टिप्पणी गरेका छन्।

युक्रेनसँग १।९ करोड टन ग्रेफाइट भण्डार छ। जुन ईभीका लागि ब्याट्री बनाउन प्रयोग हुन्छ।

त्यस्तै, युरोप लिथियम भण्डारको एक तिहाइ पनि युक्रेनमै छ। जुन आजभोलि प्रयोगमा रहेको ब्याट्री निर्माणमा उपयोगी हुन्छ।

त्यसबाहेक हतियार, टर्बाइन्, विद्युतीय सामग्री आदि बनाउन आवश्यक पर्ने दुर्लभ खनिज पनि युक्रेनसँग छ। युद्ध सुरु भएपछि रुसले ३५० अर्ब डलरभन्दा बढी खनिज भण्डार कब्जा गरेको युक्रेनको भनाइ छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभामा ग्यास अभावदेखि शान्ति सुरक्षासम्मका विषय उठे

भेरी नदीमा जीप खस्दा पाँच जना घाइते

सम्बन्धित

जापानको इबाराकीमा चक्रवात ‘चान–होम’ प्रवेश, बाढीको जोखिम बढ्यो

इन्डोनेसियाको लोम्बोक नजिकै डुंगामा आगलागी, ११२ जनाको उद्धार

इरानी खतरापछि ट्रम्पले गोप्य रूपमा विमान बदले

अमेरिकी सिनेटमा ‘तिब्बतको भविष्य सुनिश्चित गर्ने’ विधेयक पेश

इरानी नाकाबन्दी तोड्न खोजेको आरोपमा अमेरिकी सेनाद्वारा मालवाहक जहाजमाथि क्षेप्यास्त्र प्रहार

इरानतर्फ गइरहेको जहाजलाई अमेरिकाले रोकेको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu