ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन


एबीसी न्यूज
१५ फाल्गुन २०८१, बिहिबार   ७ : २६   बजे

काठमाडौं १५ फागुन । एसोसिएसन अफ नेपाली ओरिजिन एएनओ०ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ। जसमा भुटानीमूलका नेपालीभाषी डम्बर ढुङ्गेलको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ।

कार्यसमितिको उपाध्यक्षमा दिनेश कठायत, महासचिवमा गगन बिडारी, उपमहासचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा लीला भण्डारी चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा निकेश शर्मा, राम खतिवडा, युवराज शर्मा, हरि पोखरेल, खगेन्द्र आचार्य, आशिका राई, विजय बस्नेत, सरिता ढकाल, भवानी ढकाल, पुष्प आचार्य, गोविन्द गौतम छन्।

एएनओ नेपाललाई पितृभूमि मान्ने नेपालीभाषीहरूको संस्था हो। जसलाई नेपाली कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले विश्वभर फैलाउने उद्देश्य रहेको एएनओ अन्तर्राष्ट्रियका महासचिव सीएम भट्टराईले बताए।

महासचिव भट्टराईका अनुसार संस्थाले नेपाल पुर्ख्यौली भई भुटान, बर्मा, भारतलगायत विभिन्न देशमा छरिएर रहेका नेपालीलाई समेटेको छ।

अस्ट्रेलिया कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले भाषा र संस्कृति जोगिए हामी जोगिने बताइन्। यसमा सबैले योगदान दिनुपर्ने भन्दै नेपालीभाषी समुदायलाई नेपालको समृद्धिमा क्रियाशील हुन राजदूत यादवको आग्रह थियो।

कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ गीता वाग्ले, अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनका अध्यक्ष कृष्ण तिवारी, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एएनओ उपाध्यक्ष ओम गुरुङले आ(आफ्नो धारणा राखेका थिए।

विश्वभर छरिएर रहेका नेपाली समुदायको एकताले नेपालको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने अधिकांश वक्ताको धारणा थियो।

गत वर्षको मार्च २४ मा थाइल्यान्डको बैङ्ककमा ३२ देशका नेपालीभाषीले भुटानी नेपालीमूलका अमेरिकन व्यवसायी डिल्ली अधिकारीको नेतृत्वमा एएनओ गठन गरेका थिए।

यसअघि यसको शाखा बेलायत र पोर्चुगलमा गठन भइसकेको संस्थाका केन्द्रीय सदस्य भीम बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group