ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प


एबीसी न्यूज
१६ फाल्गुन २०८१, शुक्रबार   १ : २२   बजे

काठमाडौं १६फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन्।

साथै उनले ‘अस्वीकार्य’ लागुपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोलाई आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने पनि बताएका छन्।

विश्वभरका अघिल्लो दिनको नोक्सानीलाई पछ्याउँदै शुक्रबार एसियामा खुल्ने बजारहरूमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको यो पछिल्लो टिप्पणीले विश्वव्यापी व्यापार युद्धको डर फैलाएको छ।

यसअघि ट्रम्पले अवैध आप्रवासन र घातक फेन्टानिल देखाउँदै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए।

ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा फेन्टानिल आयात बन्द हुँदैन तबसम्म ‘वा गम्भीर रूपमा सीमित हुँदैन’ प्रस्तावित भन्सार शुल्कलागु हुने उल्लेख गरेका छन्।

“चीनलाई पनि त्यही मितिमा १० प्रतिशत थप शुल्क लगाइनेछ”, उनले मार्च ४ को सन्दर्भमा भने।

यस महिनाकै सुरुमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क वृद्धि गरेका थिए।

एक अमेरिकी अधिकारीले फेन्टानिलका कारण लगाइएको शुल्कमा नयाँ १० प्रतिशत शुल्क थपिएको पुष्टि गरेका छन्।

फेन्टानिल मुद्दा सम्बोधनका लागि वासिङ्टनले तीनवटै देशविरुद्ध कारबाही गर्नुपर्ने ती अधिकारीको भनाइ छ।

चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले बिहीबार वासिङ्टनको अघिल्लो १० प्रतिशत शुल्कप्रति चिन्ता व्यक्त गरे।

“चीनले यसको दृढतापूर्वक विरोध गर्छ र जवाफी कदम चालेको छ”, नवनियुक्त अमेरिकी व्यापार प्रतिनिधि ९यूएसटीआर० जेमिसन ग्रिरलाई लेखेको पत्रमा वाङले भने।

ट्रम्पको खतराबाट आफ्नो अर्थतन्त्र जोगाउने योजना बनाउन चिनियाँ नेतृत्वको बैठक अर्को हप्ता बस्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अल्ट्राभायोलेटको एक्स ४७ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ८४ हजार ९००

कांग्रेस असन्तुष्ट पक्षको भेलामा सहभागी हुन पूर्णबहादुर खड्कालाई शशांकको निम्तो

सम्बन्धित

अमेरिकी सिनेटमा ‘तिब्बतको भविष्य सुनिश्चित गर्ने’ विधेयक पेश

इरानी नाकाबन्दी तोड्न खोजेको आरोपमा अमेरिकी सेनाद्वारा मालवाहक जहाजमाथि क्षेप्यास्त्र प्रहार

इरानतर्फ गइरहेको जहाजलाई अमेरिकाले रोकेको दाबी

ट्रम्पको कम्पनी टीएमटीजीलाई दोस्रो त्रैमासिकमा २३८ मिलियन डलर घाटा

जिम्बाब्वेको करिबा तालमा डुंगा दुर्घटना, १५ जनाको मृत्यु

एयर इन्डियाका पाइलटको ड्रग परीक्षण पोजेटिभ, उडानका क्रममा २४ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu