ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेलेन्स्कीको प्रशंसा गर्दै ट्रम्पले भने- ‘धेरै साहसी मानिस’


एबीसी न्यूज
१६ फाल्गुन २०८१, शुक्रबार   १ : ३१   बजे

काठमाडौं १६फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा स्वागत गर्नुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशंसा गरेका छन्।

उनले जेलेन्स्कीका लागि ‘धेरै सम्मान’ भएको बताए।

बीबीसीले उनलाई हालै जेलेन्स्कीलाई ‘तानाशाह’ भनेकामा माफी माग्नुहुन्छ कि भनेर सोधेको थियो। जवाफमा ट्रम्पले आफूले त्यस्तो भनेँ होला भनेर विश्वासै नलागेको बताए।

उनले जेलेन्स्कीलाई ‘धेरै साहसी मानिस’ भनेका छन्। युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने विषयमा बेलायती प्रधानमन्त्री कियर स्टारमरसँगको वार्तापछि ट्रम्पले जेलेन्स्केकी तारिफ गरेका हुन्।

ट्रम्पले शुक्रबार जेलेन्स्कीसँग ह्वाइट हाउसमा हुने भेटघाट निकै राम्रो हुने विश्वास व्यक्त गरेका छन्।

यसअघि ट्रम्पले खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न जेलेन्स्की अमेरिका आउने आशा व्यक्त गरेका थिए भने जेलेन्स्कीले पनि आफू ट्रम्पलाई भेट्न शुक्रबार त्यसतर्फ जाने सम्भावना रहेको बताएका थिए।

युक्रेनले अमेरिकालाई खनिज दिने सम्बन्धमा दुई देशबीच प्रारम्भिक सम्झौता भएको छ।

अमेरिकालाई दुर्लभ खनिज दिने सम्बन्धमा सहमति जनाए पनि युक्रेनले कति मूल्यको खनिज दिने हो भन्ने खुलेको छैन। यद्यपि, ट्रम्पले पहिले ५ सय अर्ब डलरको खनिज चाहिने माग गरेका थिए। त्यसबाट पनि अमेरिका पछि हटेको बताइएको छ।

तर, यो सम्झौताका सर्तहरूले अमेरिकालाई ज्यादा फाइदा हुने बताइएको छ।

युक्रेनसँग १।९ करोड टन ग्रेफाइट भण्डार छ। जुन ईभीका लागि ब्याट्री बनाउन प्रयोग हुन्छ।

त्यस्तै युरोप लिथियम भण्डारको एकतिहाइ युक्रेनमै छ। जुन आजभोलि प्रयोगमा रहेका ब्याट्री निर्माणमा उपयोगी हुन्छ।

त्यसबाहेक हतियार, टर्बाइन्, विद्युतीय सामग्री आदि बनाउन आवश्यक पर्ने दुर्लभ खनिज पनि युक्रेनसँग छ।

युद्ध सुरु भएपछि रुसले ३५० अर्ब डलरभन्दा बढी खनिज भण्डार कब्जा गरेको युक्रेनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अल्ट्राभायोलेटको एक्स ४७ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ८४ हजार ९००

कांग्रेस असन्तुष्ट पक्षको भेलामा सहभागी हुन पूर्णबहादुर खड्कालाई शशांकको निम्तो

सम्बन्धित

अमेरिकी सिनेटमा ‘तिब्बतको भविष्य सुनिश्चित गर्ने’ विधेयक पेश

इरानी नाकाबन्दी तोड्न खोजेको आरोपमा अमेरिकी सेनाद्वारा मालवाहक जहाजमाथि क्षेप्यास्त्र प्रहार

इरानतर्फ गइरहेको जहाजलाई अमेरिकाले रोकेको दाबी

ट्रम्पको कम्पनी टीएमटीजीलाई दोस्रो त्रैमासिकमा २३८ मिलियन डलर घाटा

जिम्बाब्वेको करिबा तालमा डुंगा दुर्घटना, १५ जनाको मृत्यु

एयर इन्डियाका पाइलटको ड्रग परीक्षण पोजेटिभ, उडानका क्रममा २४ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu