ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले विदेशी सामान आयातमा भन्सार शुल्क बढाएपछि सेयर बजारमा गिरावट


एबीसी न्यूज
२० फाल्गुन २०८१, मंगलबार   ७ : ३४   बजे

काठमाडौं २० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट अमेरिका आयात गरिने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेसँगै अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ ।

ट्रम्पले सम्झौताका लागि समय सकिएको बताउँदै आफ्नो पूर्व घोषणा अनुसार अगाडि बढ्ने निर्णय गरेका हुन् ।

बीबीसीका अनुसार यस निर्णयको प्रतिक्रिया स्वरूप अमेरिकी सेयर बजारमा गिरावट आएको छ । ट्रम्पले यस वर्षको सुरुबाटै यस्तो कदम चाल्ने धम्की दिएका थिए । यसअघि विभिन्न कारणले कार्यान्वयन नगरिएको उक्त निर्ण मंगलबारबाट लागू गर्ने ट्रम्पले बताएका हुन् ।

चिनियाँ आयातमा पनि थप १० प्रतिशत भन्सार शुल्क लगाइने अनुमान गरिएको छ । ट्रम्पको यो घोषणासँगै अमेरिका, क्यानडा, मेक्सिको र चीनबीच व्यापारिक तनाव झन् चुलिने देखिएको छ ।

‘अब मेक्सिको र क्यानडाका लागि कुनै ठाउँ बाँकी छैन,’ ट्रम्पले सोमबार ह्वाइट हाउसमा भने, ‘भन्सार शुल्कहरू तयार छन्। तिनीहरू भोलिदेखि लागू हुनेछन्।’

यसको प्रतिक्रिया स्वरूप क्यानडाका विदेशमन्त्री मेलानी जोलीले पत्रकारहरूलाई भनिन्, ‘स्पष्ट रूपमा भन्नुपर्दा, यदि ट्रम्पले महसुल लगाउँछन् भने हामी पनि तयार छौं।’

जोलीका अनुसार ओटावाले अमेरिकी आयातमा १५५ अर्ब डलर बराबरको जवाफी भन्सार शुल्क लगाउने योजना बनाएको छ। पहिलो चरणमा ३० अर्ब डलर बराबरका दैनिक उपभोग्य वस्तुहरू—जस्तै पास्ता, लुगा लगायतमा महसुल लगाइनेछ।

उनले क्यानडाले व्यापार युद्ध नचाहेको तर अमेरिका अघि बढेमा आफूहरू पनि प्रत्युत्तर दिने स्पष्ट पारिन्। ‘यसले हाम्रो अस्तित्वलाई नै संकटमा पार्छ,’ उनले थपिन्, ‘हजारौं क्यानडेली रोजगारी गुमाउने जोखिममा छन्।’

मेक्सिको र चीनले पनि अमेरिकी महसुलको प्रतिवाद गर्ने बताएका छन्, जसले विश्वव्यापी व्यापार युद्धको सम्भावना बढाएको छ।

ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि महसुल लगाउने धम्की अवैध लागूऔषध र आप्रवासीहरूको अस्वीकार्य प्रवाह रोक्न आवश्यक भएको भन्दै दिएका थिए।

यी महसुलहरू गत महिना नै लागू हुनुपर्ने थियो, तर अमेरिका क्यानडा र मेक्सिकोलाई एक महिनाको समय दिएर सम्भावित व्यापार युद्ध रोक्ने प्रयासमा लागेको थियो।

तर, ट्रम्पले फेब्रुअरीमै चिनियाँ निर्यातमा १० प्रतिशत भन्सार शुल्क लगाइसकेका थिए, जसका कारण अहिले चिनियाँ सामानहरूमा कम्तीमा २० प्रतिशत भन्सार शुल्क लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group