ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार

थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेपछि बिग्रिएको सडक सफा गरियो


एबीसी न्यूज
२० फाल्गुन २०८१, मंगलबार   १ : ३४   बजे

काठमाडौं २० फागुन । थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेपछि बिग्रिएको सडक सफा गरिएको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको थियो ।

पाइप फुटेपछि पानी बाहिर निस्किँदा सडक भत्किनुका साथै पानीले आसपासका पसलहरू डुबानमा परेका थिए । सडकपेटीमा पनि क्षति पुगेको छ ।

अहिले काठमाण्डौ महानगरका प्रहरी, नेपाल प्रहरी, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० का कर्मचारीलगायतले सडक, रेष्टुरेन्ट, औषधि र फलफूल पसलमा पसेको पानी हटाएका छन् ।

डोजरकै प्रयोग गररे त्यहाँ जम्मा भएका ढुङ्गा र गिट्टी हटाइएको छ । यससँगै अवरुद्ध भएको सडक पनि सञ्चालनमा आएको छ । आज बिहान ५ बजेतिर पाइप फुटेको थियो ।

यसअघि गएको माघ ३० गते काठमाण्डौको बिजुलीबजार–बबरमहल सडक खण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो । त्यति बेला यो क्षेत्रमा रहेका वन कार्यालयलगायतका सरकारी कार्यालयहरू जलमग्न भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group