ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै


एबीसी न्यूज
२९ फाल्गुन २०८१, बिहिबार   ९ : ५१   बजे

काठमाडौं २९ फागुन । युक्रेनमा सम्भावित युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू रुस जाँदैछन् । साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको बैठकपछि युक्रेनी अधिकारीहरूले ३० दिने युद्धविराममा सहमति जनाएपछि उनीहरु रुसमा पनि वार्ताका लागि जान लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिनुभएको हो ।

यसअघि, वार्तामा सहभागी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेन र रुसबीचको युद्ध अन्त्य वा शान्ति सम्झौताका लागि रुसको व्यवहार र निर्णयमा भर पर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकाले युद्ध अन्त्यका लागि शान्ति वार्ता मात्रै एक तरिका भएको बताउँदै आएको छ । रुसले युद्धविराम प्रस्तावको अध्ययन गरिरहेको र ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको यसअघिको फोन वार्ताले पनि युद्धविराम सम्झौता सम्भव हुनसक्ने सङ्केत गरेको छ ।

साउदीको बैठकपछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अब रुसलाई सकारात्मक प्रस्तावमा सहमत गराउने काम अमेरिकाको भएको बताउनुभएको छ ।

अमेरिकाले पनि रुसलाई शान्ति योजनामा हस्ताक्षर गर्न आग्रह गर्ने तयारी भइरहेको र युद्ध अन्त्यका लागि नजिक विन्दुमा पुगेको प्रतिक्रिया दिएको छ ।

रुसले प्रस्तावित युद्धविराम र थप विवरणहरूको अध्ययन गरिरहेको बताउँदै केही दिनमा आफ्नो निर्णय सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम ७० प्रतिशत सम्पन्न

कांग्रेस सुस्ता सभापति जैसवालसहित ३ सयभन्दा बढी रास्वपामा प्रवेश

सम्बन्धित

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

जापानको इबाराकीमा चक्रवात ‘चान–होम’ प्रवेश, बाढीको जोखिम बढ्यो

इन्डोनेसियाको लोम्बोक नजिकै डुंगामा आगलागी, ११२ जनाको उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu