ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पसँगको वार्ता अघि रुस शान्ति चाहन्छ भन्ने प्रमाणित गर्न पुटिनलाई आग्रह


एबीसी न्यूज
४ चैत्र २०८१, मंगलबार   ७ : ००   बजे

काठमाडौं ५ चैत । बेलायत र फ्रान्सले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग शान्ति सम्झौता चाहेको प्रमाणित गर्न आग्रह गरेका छन् ।

रुसी राष्ट्रपति पुटिन र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच हुन लागेको वार्ताअघि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविराम प्रस्तावमा सहमति जनाउने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको साहसको प्रशंसा गर्नुभयो । उहाँले रुसलाई पनि त्यसै गर्ने आँट गर्न चुनौती दिनुभएको छ ।

त्यस्तै बेलायतका विदेश सचिव डेभिड लामीले पुटिनले अब पूर्ण र विना सर्त युद्धविराममा सहमति जनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पुटिन शान्ति सम्झौताप्रति गम्भीर रहेको कुनै सङ्केत नदेखेको प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ ।

फोनमार्फत आज हुन लागेको ट्रम्प–पुटिन वार्ताको पूर्वसन्ध्यामा अमेरिकाले रुस–युक्रेनबीच उत्साहजनक अवस्था आइपुगेको र युक्रेनमा यसअघि शान्ति प्रयास यति नजिक नरहेको जनाएको छ ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारसँग ट्रम्प शान्ति सम्झौता सुरक्षित गर्न प्रतिबद्ध रहेको देखिएको दाबी गर्नुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि आज रुसी समकक्षी पुटिनसँग कुरा गर्ने तयारी गर्नुभएको छ ।

अमेरिकी अधिकारीहरूले साउदी अरबमा भएको वार्तापछि युद्ध रोक्ने प्रस्ताव गरेको केही हप्ताभित्रै युक्रेन र रुसबीच युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरिएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएको समयमा ट्रम्प र पुटिनबीच वार्ता हुन लागेको हो ।

अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविरामलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समर्थन गरे पनि रुसी राष्ट्रपति पुटिनले अझै अनुमोदन गर्नुभएको छैन । रुस र युक्रेनबीच तीन वर्षअघिदेखि शुरू भएको युद्ध अहिले पनि चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu