ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त


एबीसी न्यूज
५ चैत्र २०८१, बुधबार   १० : ५२   बजे

काठमाडौं ६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको युक्रेनसँगको युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही शर्तसहित सहमति जनाउनुभएको छ ।

यसअघि साउदी अरेबियामा युक्रेनसँग ट्रम्पको टोलीले राखेको केही महिनाको युद्धविरामको प्रस्तावलाई रुसले विभिन्न शर्त राखेर अस्वीकार गरेको थियो । तर पुटिनले ट्रम्पसँगको टेलिफोन वार्तामा आफ्ना केही शर्त पुरा भएमा युद्धविरामको प्रस्ताव स्वीकार गर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

पुटिनले युक्रेनलाई अमेरिकाले गरिरहेको सैन्य सहयोग र गुप्तचर सहकार्य नराकेसम्म युद्धविरामको विषय अघि नबढ्ने बताउनुभएको छ ।

गएको हप्ता अमेरिकी र युक्रेनी अधिकारीबीच भएको भेटमा अमेरिकी प्रतिनिधि मण्डलले युक्रेनलाई राखेको ३० दिने युद्धविरामको प्रस्ताव युक्रेनले स्वीकार गरेपछि रुससँग ट्रम्प आफैले वार्ता अघि बढाउनुभएको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुरूमा ऊर्जा केन्द्र र भौतिक संरचनामा युद्धविराम गर्दै थप युद्धविरामको विषयमा अघि बढ्ने कुरामा सकारात्मक हुनुहुन्छ ।

रुसले भने यस विषयमा थुप्रै बुँदामा छलफल आवश्यक रहेको तर मूल विषय युक्रेनलाई गरिएको सहयोगमा रोक लगाउनै पर्ने भएको जनाएको छ ।

रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि तुरुन्तै शान्ति वार्ता गर्नेमा भने सहमति जनाएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी र सिरहा प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

शेखर गोल्छासँग विशेष अदालतले माग्यो एक करोड धरौटी

सम्बन्धित

कंगोमा इबोलाको प्रकोप गम्भीर, २ हजारभन्दा बढीको मृत्यु

सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्ड

जापानी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेपछि अस्ट्रेलियाका प्रधानमन्त्री विवादमा

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu