ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अखिल क्रान्तिकारीका पक्षमा देखिएको लहर निकै उत्साहप्रद- प्रचण्ड


एबीसी न्यूज
६ चैत्र २०८१, बिहिबार   ११ : ३९   बजे

काठमाडौं ७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको नतिजाले उत्साहित भएका छन्।
यही चैत ५ गते त्रिभुवन विश्वविद्यालयअन्तर्गतगका आंगिक, सम्बन्धनप्राप्त, सामुदायिक र निजी गरी ३ सयभन्दा बढी क्याम्पसमा भएको स्ववियु चुनावको अन्तिम मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ।

यो खबर लेख्दासम्म नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले ८२ क्याम्पसमा स्ववियु सभापति पद जितेको छ।क्रान्तिकारीका केन्द्रीय अध्यक्ष विजयप्रकाश सापकोटाले बुधबार बेलुका नेपालखबरलाई ८१ क्याम्पसमा आफ्नो संगठनले सभापति पद जितेको जानकारी दिएका थिए भने बिहीबार बिहान महेन्द्र मोरङ क्याम्पसमा क्रान्तिकारीकै उम्मेदवार रोहित यादव सभापति पदमा विजयी भइसकेका छन्।

यसलाई अखिल क्रान्तिकारीका पक्षमा देखिएको लहरका रूपमा व्याख्या गर्दै माओवादी अध्यक्ष प्रचण्डले ‘निकै उत्साहप्रद’ भनेका हुन्।

‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल ९क्रान्तिकारी० को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ। कैयौँ क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ’, बिहीबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विजयी सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group