ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुन्डाईको क्रेटा ईभी नेपालमा सार्वजनिक, मूल्य ५१ लाखमाथि


एबीसी न्यूज
१० चैत्र २०८१, सोमबार   ८ : १०   बजे

काठमाडौं ११ चैत । नेपाली बजारमा बढ्दो चिनियाँ ब्रान्डलाई टक्कर दिनेगरी हुन्डाईले क्रेटा ईभी सार्वजनिक गरेको छ। विद्युतीय गाडीमा चासो राख्नेहरूले पर्खिरहेको क्रेटा इभीको ग्रान्ड लञ्च भएको हो।

नेपाली बजारमा १० वर्षअघि सार्वजनिक गरी १० हजार बढी क्रेटा विक्री गरेको हुन्डाईले ईभीमा आक्रमक बजार लिने अपेक्षा गरेका छन्।

क्रेटाको शुरूवाती मूल्य ५१ लाख ९६ हार रहेको छ। प्रिमियमको ५९ लाख ९६ हजार छ।

नेपालमा हुन्डाईका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईले नेपालमै बनेको पेट्रोल इन्जिनको गाडीमा तुलनामा २ लाख सस्तोमा गाडी ल्याएको छ।

नेपालमै बनेको क्रेटाको मूल्य भने ५३ लाख ९६ हजार रूपैयाँमा ल्याएको छ। यसअघि, अल न्यु क्रेटाको ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ। पुरानो क्रेटाको मुल्य ५४ लाख ५६ लाख छ।

४२ किलोवाट आवर ब्याट्रि आवर ३९० किमी रेञ्ज दिन्छ। गाडीमा ९९ किलोवाटको मोटर रहेको छ। गाडीको ग्राउन्ड किलियरेन्स २०० एमएम छ। ७।९ सेकेन्डमै १०० किमीको स्पिडमा कुद्न सक्छ। क्रेटा ईभी माइनस ३५ डिग्रीसम्म चल्न सक्छ।
११ किलोवाटको स्मार्ट चार्जरबाट फुल चार्ज हुन ४ घण्टा लाग्छ। डिसी फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज १ घण्टामै हुन्छ। गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजारसम्म कुद्ने वारेन्टी रहेको छ।

गाडीमा ८ स्पिकर साउन्ड सिस्टम छन्। भ्यावाई कमान्ड फिचर्स सहित प्यानारोमिक सनरुफ छ। ७० वटा कनेक्टेड फिचर्स छन्। हुन्डाई स्मार्टसेन्स लेभल २ एडास सहित १९ फिचर्स रहेका छन्।

तत्काल नेपालमा ४२ किलोवाट आवरको ब्याट्रि र ९९ किलोवाट मोटर भेरियन्टको मात्रै उपलब्ध हुनेछ। एक्जुकेटिभ र प्रिमियम भेरियन्ट उपलब्ध हुने छ।

नेपालमा क्रेटा २०७२ भदौमा लञ्च गरिएको थियो। हुन्डाईका मोडल मध्ये नेपालमा धेरै बिक्री हुनेमा क्रेटा एसयूभी पर्छ। कम्पनीले नेपालमा विद्युतीय क्रेटा सार्वजनिक भएसँगै ‘मास प्रोडक्ट’ हुने दाबी गरेको छ।

६ एयरब्याग सहित क्रेटा इभी ल्याएको छ। एबिएससंगै ईबिडी, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इन्डिकेटर विथ फ्यास एडजस्टमेन्ट, ईपीबीसंगै अटो होल्ड, लेभल २ को एडास फिचर्स छ। एफआर क्यामेरा, एफआर रडार र आरआर रडार छन्।

कम्फर्ट एन्ड कन्भिनेन्सकोलागि रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पावर एडजस्मेन्ट ड्राइभर सिट, वायरलेस चार्जर, स्मार्ट प्यानारोमिक सनरुफ लगायतका फिचर्स रहेका छन्।

त्यस्तै, लक्ष्मी हुन्डाईले आईस इन्जिनमा नेपालमै उत्पादन सुरू गरेको छ। भेन्यु मोडलबाट उत्पादन शुरू गरेको लक्ष्मी ग्रुपले क्रेटा नेपालमै बनेको छ। नेपालमा बनेको क्रेटाको मूल्य कम हुने हुन्डाईले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu