काठमाडौं, १२ चैत्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरका सरसफाइ कर्मचारीले एक हप्ताभित्र तलब नपाए ’सबैलाई टुकुचामा गाडिदिनेझ धम्की दिएका हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै सो धम्की दिएका हुन् ।
सरकारको दम्भका कारण सरसफाइ कर्मचारीले तीन महिनादेखि तलव खान नपाएको बालेनको आरोप छ ।
उनले लेखेका छन्, ‘को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु १ त्यो पछी हेरौँला तिमीहरुको के के तन्त्र हो ’
प्रमुख प्रशासकीय अधिकृतको विवादले महानगरपालिकामा कर्मचारीको तलव रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्