ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै आर्थिक समृद्धि : अर्थमन्त्री डा खतिवडा


admin
६ चैत्र २०७४, मंगलबार   ८ : ३१   बजे

काठमाडौँ, ६ चैत । अर्थमन्त्री डा युवराज खतिवडाले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै मुलुकको आर्थिक समृद्धिको मार्गप्रशस्त हुने बताउनुभएको छ ।

सरकारले आर्थिक विकासको योजनालाई नै प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले सरकारको सबै प्रयासले मात्रै मुलुक अगाडि नबढ्ने भएकाले निजी क्षेत्रलाई साथमा लिएर काम गर्ने उल्लेख गर्नुभयो ।

अर्थमन्त्रीले मालसामान कारोबारमा बिलबीजकका आधारमा बिक्री गरी सरकारलाई राजश्व परिचालनमा सहयोग प्रदान गर्न आह्वान गर्नुभयो । भन्सारमा देखिएको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले इमान्दार प्रयत्नले मात्रै सकारात्मक परिणाम निस्कने स्पष्ट पार्नुभयो ।

अर्थमन्त्रीले फरक फरक निकायले बजार अनुगमन गर्दा समस्या उत्पन्न हुने भएकाले एकद्वार प्रणालीअन्तर्गत बजारको अनुगमन तथा विश्लेषण गरिने बताउनुभयो । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्याको दीर्घकालीन समाधानका लागि स्वदेशी तथा विदेशी पुँंजीको परिचालन अत्यावश्यक रहेको स्पष्ट पार्नुभयो ।

भेटवार्तामा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापार–व्यवसायका क्षेत्रमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्री डा खतिवडासँग आग्रह गर्नुभयो । चेम्बरका अध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय क्षेत्रको चर्काे ब्याजदर घटाउनेतिर पनि सरकार लाग्नुपर्ने खाँंचो औँल्याउनुभएको चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu