ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले सवै मोटरगाडी आयातमा २५ प्रतिशत कर लगायो


एबीसी न्यूज
१३ चैत्र २०८१, बिहिबार   ६ : ०९   बजे

काठमाडौं १४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात गर्ने सवैखाले गाडीमा थप २५ प्रतिशत कर लगाउने आदेश जारी गरेका छन् । वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले वाइट हाउसमा पत्रकारहरूसँग ब्रीफिङ गर्दै राष्ट्रपति ट्रम्पले मोटरगाडीमा शुल्क लागू गर्ने घोषणा गरेको बताइन् ।

थप शुल्कहरूले मोटरगाडी कम्पनीहरूलाई अमेरिकामा थप फ्याक्ट्रीहरू स्थापना गर्न प्रोत्साहित गर्ने ट्रम्पको प्रमुख लक्ष्य हो। तर यदि यी शुल्कहरू धेरै व्यापक रूपमा लागू गरियो भने, यसले कार निर्माताहरूको आपूर्ति श्रृंखला बिगार्न सक्ने र उनीहरूको लगानीलाई घटाउनुका साथै उपभोक्ताहरूको लागत महत्त्वपूर्ण रूपमा बढाउन बढाउने आशंका रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

टाइम्सका अनुसार नयाँ शुलक लगाएपछि विशेष गरी युरोपेली देशहरू, जापान र दक्षिण कोरियासँग व्यापारिक तनाव बढाउन सक्नेछ । ती देशहरूले अमेरिकामा धेरै कारहरू निर्यात गर्छन्।

वाल स्ट्रीट रिसर्च फर्म बर्नस्टाइनको तथ्यांक अनुसार, अमेरिकामा बिक्री हुने लगभग आधा कारहरू आयातित छन्, र अमेरिकामा असेम्बल गरिएका कारहरूका ६० प्रतिशत पुर्जाहरू पनि आयातित छन्।
मोटरगाडीमा शुल्क लागू हुने खबरले स्टक बजारमा गिरावट आएको छ । अमेरिकी कार निर्माताहरूको शेयर मूल्य घटेको छ । बुधबारदिउँसोको सुरुमा एस एन्ड पी ५०० मा १ प्रतिशतभन्दा बढी गिरावट रहेको थियो। अधिकांश कार कम्पनीहरूको शेयर २ प्रतिशत सम्म तल झरेको थियो ।

यी कार शुल्कहरू ट्रम्पले हालैका महिनाहरूमा लागू गरेका अन्य व्यापक शुल्कहरूमा थप हुनेछन्। कार्यभार सम्हालेपछि, ट्रम्पले चीनबाट आयात हुने सबै वस्तुमा २० प्रतिशत थप शुल्क लगाएका छन्। उनले क्यानाडा र मेक्सिकोबाट आयात हुने लगभग सबै वस्तुमा २५ प्रतिशत शुल्क लगाए, तर उत्तर अमेरिकी व्यापार सम्झौता (युएसएमसीए) अन्तर्गत व्यापार हुने आधा वस्तुलाई यसमा छुट दिएको घोषणा गरेका थिए । ट्रम्पले अप्रिल २ मा थप शुल्क लागू गर्ने योजना बनाएका छन्, जहाँ उनले अन्य देशहरूले अमेरिकी निर्यातमा लगाउने उच्च शुल्क र व्यापारिक बाधाहरूसँग मिल्दो ‘पारस्परिक शुल्क’घोषणा गर्ने बताएका छन्।

अमेरिकी कार निर्माताहरू र कार खरिदकर्ताहरूले यी नयाँ शुल्कहरूको प्रत्यक्ष महसुस गर्नेछन् । कार उद्योगमा आपूर्ति श्रृंखला जटिल भएकाले, कुन कार अमेरिकी निर्मित हो र कुन आयातित हो भन्ने कुरा निकै गाह्रो हुँदै गएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group