ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसको ठक्करबाट म्याजिक चालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध


एबीसी न्यूज
१४ चैत्र २०८१, शुक्रबार   १० : १५   बजे

काठमाडौं १५ चैत । मकवानपुरको मनहरीमा सवारी दुर्घटनामा म्याजिक चालकको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

शुक्रबार बिहान मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरमा बस र म्याजिक गाडी आपसमा ठोकिँदा मकवानपुरकै राक्सिराङ गउँपालिका–४ बस्ने ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको थियो। कोइराला म्याजिकका चालक हुन्।

दुर्घटनापछि उनका आफन्त र स्थानीयले पूर्व–पश्चिम राजमार्गको मनहरी बजारमा सडक अवरुद्ध गरेका हुन्।

अति आवश्यक बाहेका सबै सवारी साधन अहिले मनहरीमै रोकिएका छन्। राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्।

आज बिहान चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च ३०१२ नम्बरको म्याजिक आपसमा ठक्कर खाएका थिए।

म्याजिकमा चालक मात्रै रहेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।
चालक कोइराला खुट्टा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए। उपचारको लागि उनलाई नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो। अस्पताल पुर्याउनासाथ कोइरालालाई डाक्टरले मृत घोषणा गरेका थिए।

मृतकको शव अहिले सोही अस्पतालमा छ। बस चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu