ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक छेकेर समाजवादी मोर्चाले बनायो मञ्च


एबीसी न्यूज
१४ चैत्र २०८१, शुक्रबार   ११ : ०४   बजे

काठमाडौं १५ चैत । नेकपा माओवादी केन्द्र सहितको समाजवादी मोर्चाले शुक्रबार दिउँसो काठमाडौंमा प्रदर्शन र सभा गर्दैछ।

त्यसका लागि काठमाडौंका विभिन्न क्षेत्रबाट र्‍याली निकालिने समाजवादी मोर्चाले जनाएको छ।

रत्नपार्क(भद्रकाली जोड्ने मूल सडक छेकेर समाजवादी मोर्चाले मञ्च निर्माण गरेपछि त्यस क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति दिएकोमा प्रदर्शनीमार्ग प्रवेश गर्ने मूल सडकमै समाजवादी मोर्चाले कार्यक्रम गर्न लागेको हो।

समाजवादी मोर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ुप्रकाण्डु ले प्रशासनले तोकेकै ठाउँमा सभा गर्न मञ्च बनाइएको दाबी गरेका छन्।

समाजवादी मोर्चाले गणतन्त्र रक्षाका लागि भन्दै कार्यक्रम गर्न लागेको हो।

शुक्रबार नै मेडिकल व्यवसायीसमेत रहेका ुसंयुक्त जनआन्दोलन समितिु ले तोकेका ुजनकमान्डरु दुर्गा प्रसाईं नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन हुँदैछ।

प्रसाईंलाई कार्यक्रम गर्न तीनकुने क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

एसईईलगायत परीक्षाहरू सञ्चालन भएका बेला सडक छेकेर आन्दोलन हुँदा विद्यार्थीहरू भने मर्कामा परेका छन्। समाजवादी मोर्चा र प्रसाईंले एसईईलाई मध्यनजर गर्दै प्रदर्शनको समय केही घन्टा पछि धकेलेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu