ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले आज बिमस्टेक सम्मेलनमा सम्बोधन र मोदीसँग ‘साइडलाइन’ वार्ता गर्ने


एबीसी न्यूज
२१ चैत्र २०८१, शुक्रबार   ८ : ५५   बजे

काठमाडौं २२ चैत । थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चैत २२ गते बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि ब‌ंगालको खाडीको प्रयास बिमस्टेक को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्।

थाइल्यान्डको राजधानी बैंककमा हुने बिमस्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्री ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने कार्यक्रम छ।

सम्मेलन आयोजक थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्‌ले स्वागत सम्बोधन गरेपछि कायसूची प्रस्तुत गरिनेछ।

यसैबीच सम्मेलनमा दिवाभोजपछि स्थानीय समयानुसार आज अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘साइडलाइन’ वार्ता गर्ने कार्यक्रम छ।

यो वार्ता बैंककस्थित म्यान्डारिन ओरियन्टल होटलमा हुनेछ। जहाँ भारतीय प्रधानमन्त्री मोदी बसेका छन्।

मोदीसहितको भारतीय प्रतिनिधिमण्डल रहेको ओरेन्टल होटल नेपाली प्रतिनिधिमण्डल रहेको सांग्रिला होटलबाट करिब १५ मिनेटको दूरीमा छ।

नेपालखबरलाई स्रोतले दिएको जानकारीअनुसार, ओली(मोदी भेटवार्ता २०र३० मिनेटसम्मको हुनसक्छ। दुई नेताबीच हार्दिकता थपिँदा थप केही मिनेट बैठक लम्बिन सक्नेछ।

दुई शीर्ष नेताबीचको भेटवार्तामा नेपाली पक्षबाट प्रधानमन्त्री ओलीका साथ अन्य ६ शीर्ष अधिकारीहरू रहनेछन्। जसमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अर्का सल्लाहकार डा युवराज खतिवडा छन्।

यसैगरी मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई पनि दुई प्रधानमन्त्रीबीचको भेटवार्तामा सहभागी हुने बताइएको छ

यसपछि प्रधानमन्त्री ओली आजै साँझ थाइल्यान्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu