ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनमत र नाउपाको विधान प्रतिस्थापन समिति गठन


एबीसी न्यूज
२४ चैत्र २०८१, सोमबार   ५ : १३   बजे

काठमाडौं २५ चैत । जनमत र नागरिक उन्मुक्ति पार्टी ९नाउपा० एकताका लागि दुवै दलले विधान प्रतिस्थापन समिति गठन गरेका छन् । जनमत र नाउपाबाट तीनरतीन जना हुने गरी प्रतिस्थापन समिति बनाएका हुन् । कार्यदलले दुई दलको विधानलाई प्रतिस्थापन गर्ने गरी नयाँ विधान तयार गर्ने छ । दुई दलबाट ५०र५० प्रतिशत सङ्ख्या हुने गरी केन्द्रीय समिति बनाउने सहमति जुटिसकेको छ ।

हिजो बर्दियामा भएको दुई दलको वार्ताले वैशाख १५ गतेभित्र एकता गर्ने सहमति गरेको हो । एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ र कार्यकारी अध्यक्ष डा।सीके राउत हुने सहमति भएको छ । यस्तै रेशम चौधरी पार्टीको संरक्षक र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ एकीकृत दलमा सह अध्यक्ष बन्ने सहमति भएको छ । पार्टीको वरियतामा चौधरी पहिलो, राउत दोस्रो र श्रेष्ठ तेस्रो स्थानमा रहने छन् ।

यस्तै चितवन पूर्व सिके राउतले नेतृत्व गर्ने र चितवन पश्चिमको पार्टी कामको जिम्मा चौधरीले लिने समझदारी भएको छ । रेशम चौधरीले जेलमै रहेका बखत २०७८ सालमा नागरिक उन्मुक्ति पार्टी गठन गर्नुभएको हो । एकिकृत पार्टीको चुनाव चिह्न ढकिया हुनेछ ।

त्यस्तै पार्टीको झन्डा आयाताकार र कलेजी रङ्गको पृष्ठभूमिमा सेतो पिँधसहितको ढकिया रहनेछ । एकीकृत पार्टीको केन्द्रीय समिति सात सय सदस्यीय हुनेछ । प्रतिनिधि सभामा जनमतका छ सांसद र नाउपाका चार जना सांसद छन् ।

पार्टी एकतापछि प्रतिनिसिध सभामा रहेका मधेसवादी दलहरु मध्ये सबैभन्दा ठूलो दल उनीहरुको हुनेछ । जनमतले मधेस सरकारको नेतृत्व गरिरहेको छ । मधेसमा जनमतको १३ र नाउपाको एक जना सांसद छन् । सुदूरपश्चिम प्रदेशमा नाउपाका सात जना सांसद छन् । लुम्बिनीमा नाउपाको चार र जनमतको तीन जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कञ्चनपुरमा करेन्ट लागेर २२ वर्षीया युवतीको मृत्यु

विशेष अधिवेशनको माग गर्ने नेताहरूलाई पार्टी नतोड्न कांग्रेस नेता साउदको आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu