ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा लागे संघीयताविरुद्ध नारा


एबीसी न्यूज
२४ चैत्र २०८१, सोमबार   ५ : २०   बजे

काठमाडौं २५ चैत । राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध काठमाडौँमा सुरु गरेको साताव्यापी आन्दोलन अन्तर्गत सोमबार जुलुश प्रदर्शन गरेको छ।

संघीयताविरुद्ध नाराबाजी गर्दै जनमोर्चाको जुलुश चाबहिल चोकमा शभामा परिणत भएको छ। जनमोर्चाले बसुन्धराबाट र कपनस्थित पार्टीको केन्द्रीय कार्यालय रहेको क्षेत्रबाट जुलुश निकालेको थियो।

दुवै जुलुश सुकेधारामा मिसिएपछि मिलनचोक, गोपीकृष्ण सिनेमा, चुच्चेपाटी, बौद्ध हुँदै चाबहिल पुगेर सभामा परिणत भएको हो।

जुलुशमा सहभागीहरूले ‘संघीयता खारेज गर, संघीयता धोका हो षडयन्त्रको पोका हो, विकास गर्ने मन भए एउटै सरकार काफी छ, हिमाल पहाड तराई कोही छैन पराई, बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारको अन्त्य गरौँ, राष्ट्रियताको रक्षा गरौँ, प्रतिगमन खबरदार’ लगायतका नारा लगाएका थिए।

सभामा जनमोर्चाका पदाधिकारी तथा विभिन्न जनवर्गीय संगठनका नेताहरूले सम्बोधन गरिरहेका छन् भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले सांस्कृतिक प्रस्तुती दिएका छन्।

जनमोर्चाले संघीयताको खारेजी, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि भन्दै चैत २४ देखि राजधानीमा आन्दोलन सुरु गरेको हो। चैत ३० गतेसम्म हुने कार्यक्रम अन्तर्गत २६ गते माइतीघर मण्डला, २७ गते गोंगबु चोक, २८ गते न्यूरोड, २९ गते भृकुटिमण्डप र ३० गते रत्नपार्कमा जुलुश तथा सभा गर्ने कार्यक्रम रहेको जनमोर्चाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group