ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा


एबीसी न्यूज
२६ चैत्र २०८१, बुधबार   ७ : ०५   बजे

काठमाडौं, २७ चैत। लामो समयपछि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भएको छ । आज दिउँसो काठमाण्डौको मूलपानी, एअरपोर्ट, तीनकुने, चन्द्रागिरिलगायतका क्षेत्रमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ललितपुरको फुल्चोकी, भक्तपुरको सल्लाघारी, दुवाकोटलगायतका ठाउँमा पनि पानी परेको छ । काठमाण्डौको केही ठाउँमा अहिले पनि वर्षा भइरहेको र रातिदेखि भोलि बिहानसम्म पानी पर्ने अनुमान रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।

भोलि र पर्सि पनि काठमाण्डौ उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिनुभयो । अहिलेको वर्षाले वायु प्रदूषण घट्ने र किसानलाई राहत पुग्ने उहाँँको भनाइ छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशको पूर्बी भागको कोशीदेखि लुम्बिनी प्रदेशसम्मै धेरै ठाउँमा आज पानी परेको महाशाखाले जनाएको छ । झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङलगायतका विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का पानी परेको छ ।

धेरै समयपछिको वर्षाले सुक्खाको अवस्था हट्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव शनिवारसम्मै रहने भएकाले राम्रोसँग आकाश खुल्न र घाम लाग्न केही दिन लाग्ने देखिन्छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले हावाको गति बढ्दा र आकाशबाट पानी पर्दा वायु प्रदूषण पनि कम हुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group