ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ शैक्षिकसत्र शुरू हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुग्ने


एबीसी न्यूज
२७ चैत्र २०८१, बिहिबार   १० : ३१   बजे

काठमाडौं २८ चैत । जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र २०८२ को पठनपाठन शुरू हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुग्ने जनाएको छ ।

केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय तहको नयाँ शैक्षिकसत्रका लागि छपाइ गर्नुपर्ने एक करोड ७० लाख ५० हजार थान पाठ्यपुस्तक केन्द्रीय कार्यालय र मातहतका प्रादेशिक कार्यालयहरूबाट तालिकाबद्ध रूपमा बिक्रीवितरणको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

यही चैत १२ गतेदेखि बिक्रीवितरण खुला गरी देशका ७७ वटै जिल्लाका सूचीकृत बिक्रेताहरूमार्फत शैक्षिक सत्र शुरू हुनुअघि सम्बन्धित विद्यालयहरूमा पुर्‍याउन पहल भएको उहाँले बताउनुभयो ।

विद्यालयमा पाठ्यपुस्तक नपुगेको र विद्यार्थीले प्राप्त नगरेको गुनासो आएमा तुरुन्त केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा सम्पर्क गर्न जनक शिक्षाले आग्रह गरेको छ ।

अहिलेसम्म देशभरका नौ वटा कार्यालयबाट ६४ लाख ७६ हजार ८५० थान पुस्तक बिक्रिवितरण गरिसकिएको केन्द्रले जनाएको छ ।

कक्षा ११ र १२ का पाठ्यपुस्तक पनि विद्यार्थी सङ्ख्याका आधारमा छपाइ भइरहेकाले समयमै उपलब्ध गराइने प्रबन्धक केन्द्रका निर्देशक पौडेलले जानकारी दिनुभयो ।

केही वर्षअघिसम्म देशभरका विद्यालयमा शैक्षिकसत्र सकिने बेलासम्म विद्यार्थीले पुस्तक पाउन नसकेको गुनासो आउने गरेका थिए ।

सरकारले केही वर्षयता जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तक छाप्ने जिम्मा दिएपछि समस्या समाधान हुन थालेको छ ।

सरकारले कक्षा एक, दुई र चारको पाठ्यपुस्तक छपाइको जिम्मा भने निजी क्षेत्रलाई नै दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

सम्बन्धित

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group