ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी र कर्णालीमा हावाहुरीको असर, केही सडक अवरुद्ध


एबीसी न्यूज
२७ चैत्र २०८१, बिहिबार   १० : ३४   बजे

काठमाडौं २८ चैत । लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँमा वर्षासँगैको हावाहुरीले विद्युत र टेलिफोन सेवा अवरुद्व भएको छ ।

कर्णालीमा गएराति आएको हावाहुरीले रुख ढाल्दा विद्युत् र टेलिफोन सेवा बन्द भएको छ । कोहलपुर–सुर्खेत ३३ केभी र पश्चिमको कुइने–बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएको विद्युत् प्राधिकरण सुर्खेत वितरण कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन सुर्खेतको रामघाटसम्म मात्र सञ्चालनमा आएको छ । विद्युत सेवा अवरुद्ध हुँदा टेलिफोन सेवा सञ्चालन गर्न कठिनाइ भएको नेपाल टेलिकमको प्रदेश कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै लुम्बिनी प्रदेशका केही ठाउँमा पनि हावाहुरीले घरका छाना उडाउनुका साथै रुख ढलाएको छ । यसैबीच वर्षासँगै पहिरो खस्दा रुकुम, कालिकोट र सल्यानमा सडक अवरुद्ध भएको छ ।

राप्ती राजमार्गमा पर्ने रुकुम पश्चिमको मुसिकोटमा पहिरोले सडक पूर्ण रुपमा बन्द भएको छ । यस्तै सुर्खेत–हुम्ला सडक खण्डमा पर्ने कालिकोटको पचालझर्ना र जाजरकोट सडक खण्डमा पर्ने सल्यानको बनगाड कुपिन्डेमा पनि सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

राष्ट्रिय मुद्दामा एकढिक्का हुन नसक्दा विश्वभरबाट ‘कुरीकुरी’ भइरहेको छ : सांसद राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu