ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले शिक्षकका मागहरू सम्बोधन गर्न सकेन, संसद्‌बाट सम्बोधन गर्नुपर्छ- अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
११ बैशाख २०८२, बिहिबार   ३ : ३०   बजे

काठमाडौं ११ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न नसकेको बताएका छन्। उनले शिक्षामन्त्रीको राजीनामापछि सरकार थप अनुदाररुपमा प्रस्तुत हुनेतर्फ अघि बढेको आरोप लगाए।

अध्यक्ष प्रचण्डले सरकारले शिक्षकका मागहरू सम्बोधन गर्न नसकेकाले अब संसद्‌बाटै सम्बोधनका लागि भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिए।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष दाहालले आन्दोलनरत शिक्षकहरूका मागहरू संसद्‌बाटै सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन्।

उनले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको दाबी गरे। बैठकमा पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग छलफल भएको थियो। त्यसक्रममा अध्यक्ष प्रचण्डले शिक्षक, चिकित्सक र लघुवित्त पीडितहरूका मागमा सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गइरहेको बताए।

उनले माओवादीले लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा विजय हासिल गर्दै अघि बढिरहेको बताए। अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसद्‌मा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण प्रधानमन्त्रीले दुबै सदनमा उपस्थित भएर जवाफ दिन बाध्य बनाउन सफल भइयो, उनले भने, यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजय हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group