ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीविरुद्ध बालुवाटारमा नेविसंघको प्रदर्शन, नारा— ‘प्रधानमन्त्री बोलेको बोल्यै, विद्यार्थी हेरेको हेर्‍यै’


एबीसी न्यूज
११ बैशाख २०८२, बिहिबार   ६ : ५९   बजे

काठमाडौं ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सत्तारुसाझेदार दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई अनावश्यक दबाब दिएर, शिक्षामन्त्रीलाई विद्या भट्टराईलाई असहयोग गरी राजीनामा दिन बाध्य पारेको र शिक्षकका माग पूरा गर्न तत्परता नदेखाएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको जनाएको छ।

प्रधानमन्त्रीविरुद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि प्रदर्शन गरेका नेविसंघका नेही नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेविसंघका नेताहरू विनोदराज जोशी, विवेक आचार्य, उपशना अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै नेविसंघ आरआर इकाइ सभापति जितेन्द्र तिमिल्सिना, नेता सुमीत भट्टराई, मनीष भट्टराई, आदर्श तिवारी र हिमाल विष्ट प्रहरी नियन्त्रणमा छन्।

उनीहरूले ‘त्रिभुवन विश्वविद्यालयको भीसी नियुक्तिमा खुला प्रतिस्पर्धा खोइरु, शिक्षा ऐन लागू गर, शिक्षामन्त्रीको राजीनामा किनरु, प्रधानमन्त्री बोलेको बोल्यै विद्यार्थी हेरेको हेर्‍यै’ लगायत नारा लेखिएको पम्प्लेट बोकेका थिए।

सरकारको कामकारबाहीमा सत्तासाझेदार दल कांग्रेसका नेताहरूले सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरिरहेको बेला भ्रातृ संस्थाका नेताहरू पनि प्रधानमन्त्रीको विरोधमा उत्रिएका छन्।

नेविसंघ केन्द्रीय प्रवक्ता सुरज सेजुवालले प्रहरी नियन्त्रणमा भएकाहरूलाई तत्काल रिहा गर्न माग गर्दै विज्ञप्ति जारी गरेका छन्। उनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक अधिकार भएको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group