ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्को बर्खे अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने


एबीसी न्यूज
१२ बैशाख २०८२, शुक्रबार   ८ : १०   बजे

काठमाडौं १२ बैशाख । संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन आजदेखि सुरु हुँदैछ। शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुने संसद् सचिवालयले जनाएको छ।

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो।

अधिवेशनको प्रारम्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ। समसामयिक विषयमा प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्न लागेका हुन्।

शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यसअघिका अभ्यासभन्दा एक साताअघि नै बर्खे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

विशेषगरि बर्खे अधिवेशनलाई बजेट अधिवेशनको रुपमा पनि बुझिन्छ। तर, यो अधिवेशनमा विद्यालय शिक्षा विधेयक र संघीय निजामती विधेयक पारित गर्नैपर्ने दवावमा सरकारले छ।

शिक्षा विधेयक तत्काल ल्याउनु पर्नेसहितका माग राखेर शिक्षकहरु विगत २३ दिनदेखि आन्दोलनमा छन्। यस्तै कर्मचारीहरुले पनि निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब दिँदै आएका छन्।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन्।

यही वैशाख १९ गते संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल वैशाख २८ देखि गर्ने तयारी छ। बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल हुने कानुनी प्रावधान छ।

संघीय संसद्का दुवै सदनमा गरी २० भन्दा बढी विधेयक विचाराधीन अवस्थामा छन्। अघिल्लो अधिवेशनमा नौ वटा विधेयक पारित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सिंहदरबारबारे अभिव्यक्तिको आलोचना भएपछि सांसद हरि ढकालको स्पष्टीकरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu