ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गर्ने कांग्रेसको तयारी


abc news
२८ बैशाख २०८२, आइतबार   ११ : ३६   बजे

काठमाडौ २८ बैशाख । डा।गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने प्रयास पेचिलो बनेपछि नेपाली कांग्रेसले अर्थविद् डाक्टर विश्व पौडेललाई नयाँ गनर्नरमा अगाडि सार्ने तयारी गरेको छ।

शनिबार बेलुका बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले यदि भट्टलाई गभर्नर बनाउन नसकिने भए पौडेललाई बनाउन प्रधानमन्त्री ओलीसमक्ष प्रस्ताव गरेका हुन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि त्यसको पुष्टि गरे।

‘भट्टजीलाई गभर्नर बनाउन नसकिएपछि सभापतिले नयाँ नाम दिनु परेको हो,’ उनले भने, ‘विश्व पौडेलको नाम अहिले सभापति ज्यूले अगाडि सार्नु भएको साँचो हो।’

तर, पौडेल अहिले सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य छन्। अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको सो समिति छोडेपछि मात्रै उनको विषयमा छलफल हुन सक्छ।

कांग्रसले भट्टलाई नयाँ गभर्नर बनाउन जोडबल गर्दै आएको छ। तर, उनको राजीनामा स्वीकृत नभएकाले लामो समयदेखि राष्ट्र बैंकको गभर्नर सिफरिस हुन सकेको छैन।

कांग्रस निकट स्रोतका अनुसार विश्व पौडेल योग्यताको हिसाबले पनि गभर्नर पदका लागि सक्षम व्यक्ति हुन्। यसमा विश्वको पनि चाहना देखिन्छ।

अब एक चरण देउवा र ओली बसेर विश्वलाई सिफारिस समितिको सदस्यबाट राजीनामा गर्न लगाएर अर्को व्यक्तिलाई सिफारिस समितिमा ल्याउने सम्मको तयारी र छलफल उनीहरुबीच भएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group