ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल: मुम्बई प्लेअफमा पुग्दा बाहिरियो दिल्ली


abc news
८ जेष्ठ २०८२, बिहिबार   ७ : ३२   बजे

काठमाडौं, ८ जेठ । दिल्ली क्यापिटललाई ५९ रनले हराउँदै मुम्बइ इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ।

बुधबार राति भएको खेलमा दिल्लीलाई हराउँदै मुम्बइ प्लेअफमा पुग्ने चौथो टोली बनेको हो। यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैग्लुरु र पन्जाब किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन्।

मुम्बइसँगको हारले दिल्लीको प्लेअफ पुग्ने सपनामा सकिएको छ। पाँच पटकको च्याम्पियन मुम्बइ ११औँ पटक आईपीएलको प्लेअफमा पुगेको हो।

मुम्बइले दिएको १ सय १ रनको लक्ष्य पछ्याएको दिल्ली १८।२ ओभरमा १ सय २१ रनमा समेटियो। दिल्लीका लागि समिर रिज्भीले बनाएको ३९ रन नै सर्वाधिक रह्यो। भिपराज निगम २० र आशुतोष शर्माले १ र ओपनर केएल राहुलले ११ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

दिल्लीलाई सस्तैमा रोक्न मिचेल सान्टनर र जसप्रित बुमराहले समान ३ विकेट लिए। कर्ण शर्मा, टे«न बोल्ट, दिपक चाहार र विल ज्याम्सले समान एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि मुम्बइको घरेलु मैदानमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मुम्बइले निर्धारित निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो।

मुम्बइका सुर्यकुमार यादव ७३ रनमा अविजित रहे। यादवले ४३ बलमा ७ चौका र ४ चौका प्रहार गरे। तिलक बर्माले २७ र रायन रिकेल्टोनले २५ रन थपे। निमर धिर २४ रनमा अविजित रहे। विल ज्याक्सले २१ रन बनाए।

दिल्लीका मुकेस कुमारले २ विकेट लिए। कुलदिप यादव, दुस्माथा चमिरा र मुस्ताफीजुरले समान एक विकेट आफ्नो नाममा गरे।

आईपीएलको यो सिजन दिल्लीसँगै कोलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र चेन्नइ सुपर किंग्स लिग चरणबाटै बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने मन्त्री रावलको घोषणा

तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

सम्बन्धित

पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहप्रायोजन निरन्तर

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu