ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीसँग एकता गर्ने विषयमा महिन्द्र नेतृत्वको नेसपाको विवाद के हो ?


एबीसी न्यूज
८ जेष्ठ २०८२, बिहिबार   ४ : ३४   बजे

काठमाडौँ ८ जेडठ। नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) भित्र विवाद भएको छ । सहअध्यक्ष गंगानारायण श्रेष्ठ लगायत माओवादी पृष्ठभूमिका नेताहरूले पार्टी एकताबारे निर्णय लिन जेठ ११ गते केन्द्रीय समितिको छुट्टै बैठक बोलाएपछि विवाद भएको हो ।

यादव समूहले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेसपाको नाममा बोलाइएको केन्द्रीय समिति बैठक आधिकारिक नभएको जिकिर गरेको छ । साथै माओवादीसँग रुपान्तरणसहित एकता गर्न दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल समाजवादी पार्टीको नाममा २०८२ जेष्ठ ११ गते केन्द्रीय समितिको बैठक भनी प्रचार गरिएको जानकारीमा आएको हुँदा उक्त मितिमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ । नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबिच एकताको सन्दर्भमा रूपान्तरण सहित एकता गर्न दृढ रहेको जानकारी गराउँदछु’, विज्ञप्तिमा भनिएको छ ।

यद्यपि पार्टीभित्र कुनै विवाद नभएका दुवै पक्षले दाबी गरेका छन् । सहअध्यक्ष श्रेष्ठले सिङ्गो पार्टी नै एकता गर्ने गरी तयारी भइरहेको जिकिर गरे । ‘जेठ १२ गते एकताको विषयमा टुङ्गो लगाउने गरी केन्द्रीय समिति बैठक बोलाइएको हो । ढिलोमा जेठ मसान्तसम्म एकता गर्ने केन्द्रीय कार्यकारिणी बैठकले निर्णय गरिसकेको छ’, उनले भने ।

माओवादी पृष्ठभूमि र गैरमाओवादी पृष्ठभूमि भनेर पार्टी विभाजनको रेखा नकोरिएको भन्दै श्रेष्ठले अध्यक्ष यादवसहित सिङ्गो पार्टी नै एकताका लागि तयारी गरिरहेको बताए । यता महासचिव रमेशप्रसाद यादवले पार्टी एकताको विषय माओवादीका अध्यक्ष प्रचण्ड काठमाडौँ फर्केर आएपछि टुङ्गो लाग्ने स्पष्ट पारे । माओवादीसँग पार्टी एकताका लागि हामीबिच कुने विवाद नभएको उनले दाबी गरे ।

‘माओवादीसँग पार्टी एकता गर्ने कुरा हामीले १५ महिना अगाडि नै टुङ्ग्याएको विषय हो । गंगाजी अलि हतार गरिरहनुभएको छ । रूपान्तरणसहित एकता गरौँ भनेर हामीले भनिराखेका छौँ । प्रचण्डजी काठमाडौँ आउनुभएपछि छलफल गर्छौं’, उनले भने ।

नेसपाका तत्कालीन अध्यक्ष बाबुराम भट्टराई सहित माओवादीसँग पार्टी एकता गर्ने विषयमा विवाद हुँदा २०८० चैत ३ गते पार्टी विभाजन भएको थियो । विभाजनपछि अर्का अध्यक्ष यादवको नेतृत्वमा नेसपा पुनर्गठन भएको थियो । नेसपामा अहिले १७० केन्द्रीय समिति र २७ सदस्य केन्द्रीय कार्यकारिणी समिति रहेको महासचिव यादवले जानकारी दिएका छन् । एकताको विषय टुङ्ग्याउन जेठ ११ गते अध्यक्ष यादव, सहअध्यक्ष श्रेष्ठ सहितका नेताहरूले प्रचण्डसँग छलफल गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu