ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको कटाक्ष : ‘प्रचण्डको स्वर हेर्नुस् त, भ्रष्टाचारविरुद्ध बुरुक बुरुक !


abc news
११ जेष्ठ २०८२, आइतबार   ३ : ०१   बजे

काठमाडौ ११ जेठ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकारी काण्डका लुटेरा र ठगहरूले नै एमालेविरुद्ध औंला ठड्याउने गरेको आरोप लगाएका छन्।

आइतबार आयोजित एमाले बागमती प्रदेशका वडाध्यक्षहरूको भेलामा सम्बोधन गर्दै ओलीले सहकारीमा एमालेले भ्रष्टाचार गरेजस्तो भ्रम फैलाउने प्रयास भइरहेको बताए। उनले भने, हाम्रो पार्टीले पो सहकारीमा भ्रष्टाचार गरेजस्तो गरी हामीविरुद्ध औंला ठड्याएर सहकारी, सहकारी भन्दै हल्ला मच्चाइएको छ।

प्रधानमन्त्री ओलीले सहकारी लुटेराहरू र ठगहरू नै अहिले आफैंलाई निर्दोष देखाउँदै न्याय दिने भाषण गरिरहेको दाबी गरे। उनले कटाक्ष गर्दै भने, उनीहरू उल्टै सहकारी पीडितलाई न्याय दिन्छौं भनेर वेसरम कुरा गर्छन्। नारा लगाउने, आफूले खाएको नतिर्ने, फिर्ता नगर्ने अनि भ्रष्टाचारविरुद्ध ठूला स्वर गर्नु — कति निर्लज्ज

साथै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि कटाक्ष गरे। प्रचण्डको स्वर हेर्नुस् त, भ्रष्टाचारविरुद्ध बुरुक बुरुक गर्छन्, ओलीले भने, भ्रष्टहरूले नै भ्रष्टाचारविरुद्ध भाषण गर्ने अवस्था छ अहिले।

प्रधानमन्त्री ओलीले माओवादीले एमालेको सिको गर्दै मेची–महाकाली अभियान थाले पनि त्यो अभियानले जनसागर उर्लन नसकेको दाबी गरे। एमालेको अभियानमा जनसागर उर्लिए पनि माओवादीको कार्यक्रममा त्यो देखिँदैन, उनले थपे।

त्यसक्रममा उनले अलिअलि मान्छे आउँदा फेरि २०६४ को जस्तो माओवादीमय देश हुने भन्ने प्रचण्डलाई लागेपनि त्यो सम्भव नहुने बताए ।

‘माओवादीका लडाकु क्याम्पमा राखेर, मार्चपास गराएर, मान्छे तान्दै कुट्दै,मार्दै गरेर, अंगभंग गरेर, तर्साएर आतंकराज थियो २०६४ मा । माओवादीमय थिएन’, ओलीको भनाइ छ । उनले त्यसवेला माओवादीले राम्रो काम गरेर नभई लुटेर ६४ मा मत ल्याएको बताए । उनले भने, ‘अव न ६४ आउँछ न माओवादी आउँछ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group