ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वित्तीय प्रणालीमा १ खर्ब तरलता भएपछि निक्षेप संकलन मार्फत खिच्दै राष्ट्र बैंक


abc news
११ जेष्ठ २०८२, आइतबार   ३ : ०८   बजे

काठमाडौ ११ जेठ । नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न हम्मे परेको छ । स्थायी निक्षेप मार्फत प्रणालीको तरलता व्यवस्थापन नभएपछि साताको ३ पटकसम्म निक्षेप संकल उपकरण मार्फत तरलता खिच्ने गरेको हो ।

गत साता मात्रै दुई पटक निक्षेप संकलन गरेको केन्द्रीय बैंक यो साता पहिलो दिन आइतबार फेरि २१ दिन अवधिको ३० अर्ब निक्षेप संकलन जारी गरेको छ ।

वैशाख मध्यमा केन्द्रीय बैंकले एक साता अवधिको ३ पटकसम्म निक्षेप संकलन उपकरण प्रयोग गरेको थियो । आइतबार यसभन्दा अघिको २७ अर्ब ५० करोडको निक्षेप संकलन परिपक्व भएसँगै वित्तीय प्रणालीमा करिब ९१ अर्बको तरलता भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन प्रयोग गरेको हो ।

आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा अधिक भएको तरलता स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत कुल ३ खर्ब ६२ अर्ब केन्द्रीय बैंकमा राखेका छन् । यो रकममध्ये निक्षेप संकलन उपकरणको १ खर्ब ९० अर्ब र स्थायी निक्षेपको १ खर्ब ७२ अर्ब ७५ करोड रुपैयाँ छ ।

स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा रहेको अधिक तरलता ३ दिनका लागि प्रणालीबाट केन्द्रीय बैंकमा रहन्छ । त्यसैगरी पछिल्लो समयको निक्षेप संकलन उपकरण मार्फत केन्द्रीय बैंकमा गएको पैसा २१ दिनका लागि ‘होल्ड’ हुन्छ ।

स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा बैक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदर पाउँछन् । तर, निक्षेप संकलन उपकरणको ब्याजदर भने बोलकबोल मार्फत निर्धारण हुन्छ । ८ जेठमा निक्षेप संकलनको औसत ब्याजदर २।९९५८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group