ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्- ओली


abc news
११ जेष्ठ २०८२, आइतबार   ३ : १०   बजे

काठमाडौ ११ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका छन्।

नेकपा एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गर्दै उनले राजावादीहरुको आन्दोलन रोक्न जेजस्तो गर्नुपर्छ त्यस्तै तयारीमा लाग्न समेत निर्देशन दिए।

‘निर्देशन पछि आउँछ। तपाईंहरु जस्तो, जे गर्नुपर्छ, तयारी हालतमा बस्नुहोस्,’ उनको भनाइ छ, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। कसरी, कुन संस्था अगाडि लाग्छ, कुन संस्थाले आयोजना गर्नुपर्छ, त्यसलाई छोडिदिनुहोस्।’

ओलीले थपे, ‘आन्दोलनमा प्रोटोकल, स्रोटोकलको कुरा हुँदैन।’

राजावादीहरूले राजसंस्था पुर्नस्थापना गर्ने भन्दै जेठ १५ गतेदेखि आन्दोलनको घोषणा गरेका छन्।

एमालेका सबै कार्यकर्ता परिचालित हुँदा कसैले रोक्न नसक्ने समेत ओलीको भनाइ छ। ‘म साथीहरुलाई भन्न चाहान्छु, निर्देशन पछि आउला,’ उनले भने, ‘यहाँबाट उठ्ने बित्तिकै १५ गतेको तयारी थाल्नुहोस्। १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ। यति परिचालन भएर जनता ल्याउँदा कसले थाम्छरु कसले रोक्छरुु

राजावादीहरुको कडा आलोचना गर्दै उनले भने, ‘यिनीहरु हिजो बेलुका पनि नारायणहिटी अगाडि हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा लगाउँदै रहेछन्। प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई मार्दा यिनीहरु कहाँ गएका थिएरु’

सधै झुटा कुरा बोल्ने र चाप्लुसी गर्ने राजावादीहरुको बानी रहेको समेत ओलीले आरोप लगाए।

‘सधै झुटा, चाप्लुसी गर्ने त्यो मण्डलेहरुको बानी हो,’ उनले भने, ‘यिनीहरु कुनै महान उदेश्यका लागि लडेका छैनन्। सरकार अलि मौन बसेको र जनता अलि मौन बसेको अवस्था। त्यो अवस्थाको फाइदा लिएर उनीहरुले अनावश्यक पुर्तिफार्ती देखाएका छन्।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group