ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बालेन र चिनियाँ राजदूतबीच शिष्टाचार भेट


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ४ : ४५   बजे

 

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने तथा विकास साझेदारीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्री शाहले चीनसँग नेपालको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।

चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री नियुक्त भएपछि शाहले यसअघि राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए। चैत २५ गते भएको उक्त भेटमा कूटनीतिक नियोगका प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

यसअघि विदेशी कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेट नगर्ने योजनामा रहेका प्रधानमन्त्री शाहले पछिल्लो समय भने उच्च विदेशी प्रतिनिधिसँग एक्लाएक्लै भेटवार्ता गर्न थालेका छन्। असार २३ गते उनले एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरेका थिए।

सोमबार प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। मंगलबार अमेरिकी दूतावासका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कञ्चनपुरमा करेन्ट लागेर २२ वर्षीया युवतीको मृत्यु

विशेष अधिवेशनको माग गर्ने नेताहरूलाई पार्टी नतोड्न कांग्रेस नेता साउदको आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गलेश्वरधाममा भक्तजनको भीड

मधेसबाट ‘दाइजोमुक्त नेपाल’ अभियान सुरु गर्ने तयारी

मानव बेचबिखन र जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त कतारबाट पक्राउ

कञ्चनपुरमा करेन्ट लागेर २२ वर्षीया युवतीको मृत्यु

विशेष अधिवेशनको माग गर्ने नेताहरूलाई पार्टी नतोड्न कांग्रेस नेता साउदको आग्रह

संसदीय सुधार समिति बनाउन रास्वपा महामन्त्री आचार्यको प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu