ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् प्राधिकरणले सार्वजनिक गर्‍यो ‘टप टेन’ उपभोक्ताको नाम


abc news
११ जेष्ठ २०८२, आइतबार   ५ : ५१   बजे

काठमाडौ ११ जेठ । नेपाल विद्युत् प्राधिकरणले अत्यधिक विद्युत् खपत तथा नियमित महसुल भुक्तानी आधार बनाइ आफ्ना सर्वाधिक महत्त्वपूर्ण उपभोक्ताको नाम सार्वजनिक गरेको छ ।

जसमा देशभरिबाट उत्कृष्ट १० ९टप टेन० उपभोक्ताको नाम समेटिएको छ । सात वटै प्रदेशबाट १०र१० महत्त्वपूर्ण ग्राहक र देशभरिबाट १० सर्वाधिक महत्त्वपूर्ण ग्राहकको नाम सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ ।

प्रत्येक प्रादेशिक कार्यालयबाट १० ग्राहकका दरले ७० तथा देशभरिबाट १० गरी कुल ८० ग्राहकको नाम आफ्नो वेबसाइटमा सार्वजनिक गरिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले तयार पारेको टप टेन उपभोक्तामा सर्वोत्तम स्टिल लिमिटेड, विजयश्री स्टिल्स लिमिटेड, गोयल इस्पात प्रालि, आरती स्ट्रिप्स प्रालि, प्रिमियर स्टिल प्रालि, श्री स्टिल्स प्रालि, होङ्सी शिवम् सिमेन्ट प्रालि, हुलास वायर इन्डस्ट्रिज लिमिटेड, स्वस्तिक रोलिङ मिल्स र जगदम्बा वायर्स प्रालि छन् ।

यसरी छनोट भएका ग्राहकलाई उच्च प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने प्राधिकरणले जनाएको छ । छनोट भएका प्रदेश स्तरका ग्राहकलाई प्रदेशमा र केन्द्र स्तरका ग्राहकलाई केन्द्रमा कार्यक्रम राखी सम्मान गरिने प्राधिकरणले जनाएको छ ।

ग्राहकलाई प्रदान गर्ने सेवा छिटोछरितो, चुस्त र भरपर्दो बनाउने तथा ग्राहक सेवालाई मूलमन्त्र मानेर कार्य गर्ने उद्देश्य अनुसार यस कार्यको थालनी गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

सरकारलाई प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा ज्ञानेन्द्र शाहीको आपत्ति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu