ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहारका पूर्वमुख्यमन्त्री लालू यादवका जेठा छोरा तेज प्रताप पार्टी र परिवारबाट निष्कासित


abc news
११ जेष्ठ २०८२, आइतबार   ६ : १५   बजे

काठमाडौ ११ जेठ । भारतको बिहारका पूर्वमुख्यमन्त्री एवम् राष्ट्रिय जनता दल आरजेडी का अध्यक्ष लालू प्रसाद यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गर्नुभएको छ । लालू यादवले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा अबदेखि पार्टी र परिवारमा तेज प्रतापको कुनै पनि प्रकारको भूमिका नहुने बताउनुभएको छ ।

जेठो छोराको गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार आफूहरूको पारिवारिक मूल्य–मान्यता र परम्परा अनुरूप नरहेको उहाँले उल्लेख गर्नुभयो । निजी जीवनमा नैतिक मूल्य–मान्यताहरूलाई बेवास्ता गर्नाले सामाजिक न्यायका लागि आफूहरूको सामूहिक सङ्घर्षलाई कमजोर बनाउने आरजेडीका अध्यक्ष यादवले लेख्नुभएको छ ।

यसअघि आरजेडी नेता तेज प्रतापको फेसबुक अकाउन्टको एउटा पोस्टलाई लिएर विपक्षीले आरजेडीलाई निशाना बनाएका थिए । यसपछि तेज प्रतापले एक्समा पोस्ट गर्दै आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ह्याक’ भएको र आफ्ना तस्वीररहरू गलत तरिकाले सम्पादन भएको बताउनुभएको थियो ।

यसैबीच आफ्ना दाइ तेज प्रतापलाई पार्टीबाट निष्कासन गर्ने निर्णयबारे पत्रकारहरूसँग कुरा गर्दै तेजस्वी यादवले यी कुराहरू सहन नसकिने प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

सरकारलाई प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा ज्ञानेन्द्र शाहीको आपत्ति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu