ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


abc news
१३ जेष्ठ २०८२, मंगलबार   ५ : ४५   बजे

काठमाडौ १३ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार नवराजपुर गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा डीपीआर तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा सार्वजनिक खरिद सम्बन्धी प्रक्रिया र नियम पालना गरेको नदेखिएको, संरचनाको गुणस्तरमा प्रश्न उठेको, परामर्शदातालाई भुक्तानी गरेको रकमसमेत अस्वाभाविक देखिएको विषयसमेतमा अनियमितता भएको हुन सक्ने भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान गरेको थियो।

सो क्रममा गाउँ कार्यपालिकाको कार्यालय, नवराजपुर, सिरहाको प्रशासकीय भवन निर्माण गर्न आव २०७६र०७७ मा तयार गरेको डीपीआर बमोजिम गाउँपालिकाको उक्त भवनको लागत अनुमान ६ करोड १८ लाख ६८ हजार ७६४ रुपैयाँ ३७ पैसा यकिन भएको अवस्थामा वदनियतपूर्वक श्रोतको सुनिश्चितता र वार्षिक योजनासमेत स्वीकृत नगरी भवन निर्माणको डीपीआर लाई खण्डीकरण गरी ३७ लाख ७५ हजार ४३६ रुपैयाँ १० पैसा बराबरको लागत अनुमान तयार गरेको पाइएको छ।

उपभोक्ता समितिमार्फत मिति २०७७।०३।१५ सम्ममा सम्पन्न गर्ने गरी मिति २०७७।०२।३२ मा सम्झौता भएको उक्त आयोजना पालिकाले पेश गरेको कामको प्राविधिक मूल्याङकन तथा कार्य सम्पन्न प्रतिवेदनमा ३७ लाख ७९ हजार १०६ रुपैयाँ ८२ पैसा बराबरको कार्य भएको भनी गलत प्राविधिक मूल्याङ्‍कन सहितको प्रतिवेदनका आधारमा उपभोक्ता समितिलाई श्रमदान, आयकर, बहाल कर र सामाजिक सुरक्षा कर कट्टा गरी जम्मा रकम ३४ लाख ३९ हजार १८९ रुपैयाँ मात्र ९कन्टिन्जेन्सीसमेत० भुक्तानी भएको थियो।

स्थलगत रुपमा नापजाँच गरी पेश भएको प्राविधिक प्रतिवेदन अनुसार पुरानो निर्मित संरचना त्रुटिपूर्ण देखिएकोले सो संरचनामा थप कार्य गर्न उपयुक्त नहुने अवस्था रहेको भन्ने व्यहोरा खुली आएको साथै गाउँपालिकाले सो संरचनामा थप निर्माण गर्न नमिल्ने भई उक्त संरचना उपयोगविहीन हुन गएकोले सार्वजनिक सम्पत्ति हानिनोक्सानी, हिनामिना र दुरुपयोग हुन गई भ्रष्टाचारजन्य कार्य भएको पुष्टि हुन आएको अख्तियारको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापतिमा शिवराम भण्डारी निर्विरोध निर्वाचित

यलुङरी हिमालमा हिमपहिरोमा बेपत्ता पाँचजनाको शव नौ महिनापछि फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu