ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा लखनउलाई हराउँदै बेङ्गलुरु पहिलो क्वालिफायरमा


एबीसी न्यूज
१४ जेष्ठ २०८२, बुधबार   ६ : ३५   बजे

काठमाडौं, १४ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) पहिलो क्वालिफायरमा पुगेको छ ।लखनउको घरेलु मैदानमा हिजो भएको खेलमा बेङ्गलुरुले लखनउलाई ६ विकेटले हराएको हो ।

लखनउले दिएको २ सय २८ रनको लक्ष्य बेङ्गलुरुले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।बेङ्गलुरुका कप्तान जितेश शर्माले अविजित ८५ रन बनाए । विराट कोहलीले ५४ रन जोडे । लखनउका विल ओरुकले २ तथा आवेस खान र आकाश सिंहले समान १ विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । लखनउका कप्तान ऋषभ पन्तले अविजित १ सय १८ रन बनाए । तर टोलीको हार टार्न सकेनन् ।बेङ्गलुरुका रोमारियो शेफर्ड, नुवान तुषारा र भुवनेश्वर कुमारले समान १ विकेट लिए । लखनउ यसअघि नै प्लेअफबाट बाहिरिसकेको थियो ।

विजयी बेङ्गलुरुले लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ । अब फाइनल प्रवेशका लागि बेङ्गलुरुले पन्जाब किङ्ग्ससँग खेल्नेछ ।बेङ्गलुरुको जीतसँगै गुजरात टाइटन्सले इलिमिनेटर खेल्नुपर्ने भएको छ । गुजरातले मुम्बई इन्डियन्ससँग इलिमिनेटरमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने मन्त्री रावलको घोषणा

तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

सम्बन्धित

पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहप्रायोजन निरन्तर

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu