ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीले महेन्द्र राजमार्गको दाउन्ने, दुम्किबास र चोरमाराका वैकल्पिक सडक बगायो, यातायात ठप्प


एबीसी न्यूज
१६ जेष्ठ २०८२, शुक्रबार   ७ : २१   बजे

नवलपरासीं, १६ जेठ । बाढीले महेन्द्र राजमार्गको दाउन्ने, दुम्किबास र चोरमाराका वैकल्पिक सडक बगायो, यातायात ठप्प
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको छ ।जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार रातिको वर्षाले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने चोरमारा, दुम्किबास र दाउन्ने सडकको डाइभर्सन बगाएका कारण यातायात ठप्प छ । ती स्थानमा वैकल्पिक सडक निर्माणको काम शुक्रबार बिहानबाट सुरु भएको जानकारी दिए । बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण राजमार्गको यातायात ठप्प भएको हो । त्यहाँ बाढीले तरकारी बोकेको पिकअप भ्यान पनि बगाएको छ ।फिल्डमा खटिएका ट्राफिक प्रहरीका सई तीर्थ भुसालका अनुसार बिहान सवा २ बजेबाट राजमार्गको यातायात ठप्प छ । राजमार्ग खुलाउन त्यहाँ काम भइरहेपनि रातभरिको वर्षातका कारण कठिनाइ भएको छ ।
पूर्वी नवलपरासी अन्तर्गत दुम्किबासस्थित विनयी खोलामा बिहीबार रातिको बाढीले वैकल्पिक सडक बगाइदिएको छ ।
लु ३ च ८४९३ नम्बरको तरकारी बोकेको पिकअप भ्यान बाढीले बगाएको भुसालले जानकारी दिए । भुसालका अनुसार मानवीय क्षति भने भएको छैन ।

त्यसैगरि महेन्द्र राजमार्ग अन्तर्गत चोरामाराको फलामे पुल भाँच्चिएपछि निर्माण गरिएको अस्थायी सडक बगाएको छ । उता दुम्किबासस्थित विनयी खोला पुल भाँच्चिदा निर्माण गरिएको डाइभर्सन बगाएका कारण हजारौं यात्रु राजमार्गमा अलपत्र परेका छन् ।
दाउन्ने र आसपासको क्षेत्रमा बिहीबार रातभरि हल्का वर्षात भएको थियो । महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम छुटेका सयौँ सवारी साधन चोरमारा र बर्दघाटमा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरी चौकी माग्दै नागरिक, ९७० नयाँ युनिट स्थापनाको माग; १०७ रोपनी जग्गा निःशुल्क दान, तर जनशक्ति अभाव !

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu