ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता हुँदा पार्टी पंक्ति अलमलमा


abc news
२२ जेष्ठ २०८२, बिहिबार   ३ : २९   बजे

काठमाडौ २२ जेठ । पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता अलमलमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । पार्टीका अध्यक्ष नेपालविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको सूचना एकीकृत समाजवादी पार्टी पंक्तिलाई पहिल्यै थाहा थियो ।

तर विशेष अदालतमा मुद्दा दायर भएपछि एकीकृत समाजवादीका शीर्ष नेताहरु नै अलमलमा परेका छन् । अहिले पार्टीका पदाधिकारीहरू केन्द्रीय कार्यालय आलोकनगरमा भेला भएका छन् ।

‘नेताहरु छलफलमा जुटेका छौं । तर पार्टी अध्यक्ष रौतहटमा हुनुहुन्छ, उहाँ आएपछि बैठक बस्छौं’, एक पदाधिकारीले भने । अध्यक्ष नेपाल काठमाडौं आउने तयारीमा छन् ।

माधव नेपाल आएपछि बैठक राखेर एकीकृत समाजवादीले औपचारिक धारणा सार्वजनिक गर्ने नेताहरुले बताएका छन् । तर पार्टीको औपचारिक निर्णय नआउँदा नेता तथा कार्यकर्तामा अन्योल देखिएको छ ।

ती पदाधिकारी भने चाँडै निर्णय आउने भएकाले धेरै अलमलमा बस्नु नपर्ने बताउँछन् । ‘भरेभोलि हाम्रो धारणा आइहाल्छ, अलमल धेरै रहँदैन’, ती पदाधिकारी भन्छन् । अकस्मात् मुद्दा दर्ता भएकाले केन्द्रीय कार्यालय सुनसान जस्तै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सिंहदरबारबारे अभिव्यक्तिको आलोचना भएपछि सांसद हरि ढकालको स्पष्टीकरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu