ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उज्वेकिस्तान र जोर्डन पहिलो पटक फिफा विश्वकपमा छनोट


abc news
२३ जेष्ठ २०८२, शुक्रबार   १० : ०२   बजे

काठमाडौ २३ जेठ । उज्वेकिस्तान र जोर्डन पहिलो पटक फिफा विश्वकपमा छनोट भएका छन् । यस्तै दक्षिण कोरिया पनि विश्वकपमा छनोट भएको छ । विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा उज्वेकिस्तान यूएईसँग गोलरहित बराबरी खेल्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

एशियाली छनोटको तेस्रो चरणको समूह ‘ए’ मा इरान र उज्वेकिस्तान शीर्ष स्थानमा छन् । इरान पनि विश्वकपका लागि छनोट भइसकेको छ । त्यस्तै जोर्डनले ओमानलाई ३–० गोल अन्तरले हराउँदै समूह ‘बी’ मा दोस्रो हुँदै विश्वकपमा पहिलो पटक छनोट भएको छ ।

समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै दक्षिण कोरिया पनि विश्वकपमा छनोट भएको छ । एशियाबाट अहिलेसम्म इरान, जापान, दक्षिण कोरिया, जोर्डन र उज्वेकिस्तान विश्वकपका लागि छनोट भएका हुन् ।

यस्तै दक्षिण अमेरिकी समूहबाट अर्जेन्टिना यसअघि नै छनोट भइसकेको छ भने आसियाना क्षेत्रबाट न्यूजील्यान्ड विश्वकपमा छनोट भएको छ । क्यानडा, मेक्सिको र अमेरिका पनि २०२६ विश्वकपको आयोजकको रूपमा छनोट भइसकेका छन् ।

यसैबीच दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गतको खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । आज बिहान भएको खेलमा ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको हो । मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टी नियुक्त भएपछिको पहिलो खेलमा ब्राजिल जीतविहिन बनेको छ ।

ब्राजिलको १५ खेलमा २२ अङ्कसहित तालिकामा चौथो स्थानमा छ । समान खेलमा २४ अङ्कसहित इक्वेडर दोस्रो स्थानमा छ । अब ब्राजिलले विश्वकप छनोट अन्तर्गत अर्को खेल जुन ११ मा पराग्वेसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group