ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ वर्ष नेता भए, अनि त्यही पार्टीलाई खरानी बनाइदिन्छु भनेर गए – प्रधानमन्त्री ओली


abc news
२५ जेष्ठ २०८२, आइतबार   ४ : ५२   बजे

काठमाडौ २५ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति संकेत गर्दै १५ वर्ष नेतृत्व गरेको पार्टीलाई खरानी बनाइदिन्छु भनेको बताएका छन्।

आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले त्यत्रो वर्ष पार्टीमा बसेर पनि वैरभाव राखेको आरोप लगाए।

‘त्यही पार्टीमा १४, १५ वर्ष नेता भए,’ ओलीको भनाइ छ, ‘अनि त्यही पार्टीलाई खरानी बनाइदिनुन्छ। यसलाई माटो बनाएर छोडिदिन्छु। यसलाई धुलो पिठो बनाएर छोडिदिन्छु। टर्च बालेर खोज्दा पनि नभेटिन् बनाइदिन्छु। पार्टीप्रति कस्तो वैरभाव होरु त्यत्रो तीन दशक पार्टी नेतृत्व गरेकाहरु एक ठाउँ भेला भएर त्यही पार्टी सिध्याउँछु भन्छन्।’

उनले थपे, ‘कसका लागि त्यो गरेकोरु के का लागि त्यो गरेकोरु’

तर, आफूलाई १५ वर्ष पार्टीभित्र गतिविधि गर्न नदिएको भन्दै त्यस्तो बेला पनि केही गुनासो नगरेको उल्लेख गरे। ‘१५ वर्ष पार्टीभित्र कतै जान नपाउने, कसैलाई भेट्न नपाउने,’ ओलीले भने, ‘मैले स्थापना गरेको युवा संघमा १० वर्ष मैले पाइलो टेक्न पाइनँ। तर, मैले कुनै गुनासो गरिनँ। कुनै पनि बोलिनँ। कहिले पनि केही पनि बोलिनँ।’

उनले थपे, ‘मैले राजनीतिक कुरा मात्रै गरेँ, पार्टीका कुरा मात्रै गरेँ। पार्टीका पक्षमा मात्रै बोलिरहेँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको असन्तुष्ट पक्षको राष्ट्रिय भेला स्थगित हुने संकेत

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, १५औँ महाधिवेशनदेखि सरकारको १०० दिनसम्म छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu