ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्या भण्डारीतिर संकेत गर्दै ओलीले भने–अर्को खेल हुन खोजेको छ


abc news
२५ जेष्ठ २०८२, आइतबार   ६ : १६   बजे

काठमाडौ २५ जेठ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयलाई लिएर टिप्पणी गरेका छन्।

आइतबार काठमाडौँमा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले भण्डारीको नाम नलिइ पार्टीभित्र अर्को खेल हुन थालेको बताए।

‘अहिले हल्ला चलेको छ, तल–तल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन्,’ ओलीले भने, ‘यो ग्रुप र त्यो ग्रुपको कुनै आवश्यकता छैन। यस्ता कुरालाई तपाईंहरुले सुन्ने बित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नुस्। फलानाका ग्रुप, यसका ग्रुप त्यो छोडिदिनुस्। अर्को खेल हुन खोजेको छ, यहाँ अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तो यस्तो।’

कसलाई नेतृत्व दिनेबारे पार्टीमा कुनै छलफल नभएको भन्दै उनले बाहिर हल्ला चलाएर पार्टी कमजारे बनाउन खोजिएको दाबी गरे।

‘पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणै भएको छैन,’ ओलीले भने, ‘महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन। छलफल भएको छैन। अनि यो बाहिर बाहिरका हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयासहरुलाई सोझै इन्कार गर्नुस्। यस्ता खालका कुरा नगर्न त्यस्ताहरुलाई जवाफ दिनुस्। स्टाटस, सिस्टाटसलाई पनि जवाफ दिए हुन्छ।’

प्रधानमनत्री ओलीले पार्टीका आन्तरिक कुरा भए पार्टीभित्र गर्न र सामाजिक सञ्जालबाट पार्टीलाई खुइल्याउने, होच्याउने, अपमान गर्ने काम नगर्न चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group