ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमाथिको छलफल शुरु हुनै सकेन, संसद् बैठक सोमवार बस्नेगरी स्थगित


एबीसी न्यूज
२५ जेष्ठ २०८२, आइतबार   ६ : ४५   बजे

काठमाडौं २५ जेठ । आइतबारको संसद बैठक अघि सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच सहमति हुननसक्दा कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । जेठ १५ मा बजेट प्रस्तुत भएपछि प्रमुख प्रतिपक्षी दल माओवादी सहितका सवै विपक्षीदलहरुले भिजिट भिसा ठगी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसद बैठक अवरुघ गर्दै आएका छन् ।
आइतबार विहान सत्तारुढ दल मध्येको नेकाका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । दिउंसो सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच विभिन्न स्तरमा छलफल भए पनि सत्तापक्ष भिजिट भिसा ठगी प्रकरणमा छानविन गर्न तयार नभएपछि कुनै सहमति हुन सकेन ।
विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका छन्।

विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन्।

वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन्। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

सभामुख देवराज घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए।‍ दिउँसो १ बजेका लागि डाकिएको बैठक ३स्१५ बजेका लागि सरेको थियो। उक्त समयमा पनि बैठक बस्न सकेन त्यसपछि ५ बजेलाई सारिएको थियो।

बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहे। उनले बैठकमा गृहमन्त्रीले पनि पनि जवाफ दिन समय मागेको बताएका थिए।

ुआज माननीय सदस्यहरूले दलीय आधारमा बोल्नुपर्छ नभए गृहमन्त्रीले समय माग्नु भएको छ। त्यसले गर्दा बसेर वातवारण बनाउनुस्। बल्ल कार्यक्रम अघि बढ्छु उनले भने, ुमाननीय सदस्यहरूले मान्नुहुन्छ भने म उहाँलाई समय दिन्छु। सभाको कारबाही अगाडि लैजानुपर्छ।ु
तर विपक्षीको लगातार अवरोध जारी रहेपछि सत्तापक्ष र प्रतिपक्षको हो–हल्लाका बीच प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको सभामुख देवराज घिमिरेले सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group