ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज र भोलि गर्मी बढ्ने, बुधबारबाट पानी पर्ने


abc news
२६ जेष्ठ २०८२, सोमबार   ७ : ३२   बजे

काठमाडौं, २६ जेठ । केही दिनबाट बढेको गर्मीले आज पनि निरन्तरता पाउने भएको छ । देशका धेरै भूभागमा सुक्खा हुँदा गर्मी बढेको हो । “आज र भोलिसम्म तापक्रम बढ्ने देखिन्छ । भोलि रातिबाट पानी पार्ने प्रणाली अलि धेरै विकास हुनेछ,” जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहाल भन्छन्, “आज र भोलि दिउँसोसम्म देशका धेरै स्थानमा वर्षा हुने छैन ।” भोलिबाट हल्का वर्षा गराउने प्रणाली विकास भएर बुधबारबाट वर्षा हुने उनको भनाइ छ ।

मौसमविद् विनोद पोखरेल पनि आज र भोलि गर्मी हुने बताउँछन् । आज र भोलि आइतबारको भन्दा गर्मी हुने उनको भनाइ छ । “आज र भोलि अझै गर्मी बढ्ने देखिन्छ । सोमबार वर्षाको सम्भावना देखिँदैन । तर, मंगलबारदेखि हल्का वर्षाको सुरुवात हुन्छ,” मौसमविद् पोखरेल भन्छन्, “बुधबार देखि तापक्रम घट्दै जान्छ र वर्षा बढ्दै जान्छ । यो हप्ताभरमा मनसुनले लगभग नेपाल पूरै यात्रा गर्ने सम्भावना छ ।” बिहीबारदेखि केही ठाउँमा भारी वर्षा पनि हुनसक्ने सम्भावना रहेको उनले प्रष्ट पारेका छन् । जेठ १५ गते कोसी प्रदेशमा भित्रिएको मनसुन त्यसभन्दा अगाडि बढ्न सकेको छैन ।

यसैबीच, आज काठमाडौंको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान रहेको छ । आइतबार काठमाडौंको अधिकतम तापक्रम ३०.४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् दाहालले जानकारी दिए । आज दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोसी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।विभागले राति कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने बताएको छ ।

कोसी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group